१ सय ३७ गोही प्रकृतिमा छाडियो

चितवन। चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ। पछिल्लो पटक सोमबार २० गोही छोडिएसँगै यस आर्थिक वर्षमा हालसम्म ती गोही प्राकृतिक बासस्थानमा छाडिएको हो।

Advertisement 1

ती गोही राप्ती नदीमा छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए। उनका अनुसार प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ। यस पटक छोडिएका गोहीहरु सबै पोथी रहेको उनले जानकारी दिए।

उनका अनुसार केन्द्रमा हुर्काएर २ हजार २०७ गोही हालसम्म नदीमा छाडिएको छ। केन्द्रमा नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डा र केन्द्रमा नै रहेका गोहीबाट जन्मिएका बच्चाहरुलाई हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ।
अहिले केन्द्रमा ६३० गोही रहेका छन्।

प्रकाशित :२०८२ माघ २०, मंगलवार १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम