पहिरोले ५ परिवार विस्थापित

रुकुम पश्चिम। अविरल वर्षासँगै आएको पहिरोका कारण रुकुम पश्चिमका विभिन्न स्थानमा ५ परिवार विस्थापित भएका छन् भने चार घर जोखिममा छन्।

Advertisement 1

यही भदौ १६ गते राति परेको वर्षाका कारण त्रिवेणी गाउँपालिका–७ पुर्नपानीमा पहिरो जाँदा ४ घर जोखिम पर्नुका साथै करिब १३ रोपनी खेत बगाएको छ। पहिरोले स्थानीय पलबहादुर पुनको घर जोखिममा परेको छ। उनको करिब ५ रोपनी खेत बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए। उनका अनुसार पुनको ८ जनाको परिवारलाई अर्को ठाउँमा स्थानान्तरण गरिएको छ।

त्यसैगरी, पहिरोले स्थानीय अम्मर विकको घर जोखिममा परेको छ। उनको करिब ३ रोपनी खेत पहिरोले बगाएको छ। विकको परिवार छिमेकीको घरमा बसेको छ। त्यस्तै स्थानीय तुलाराम नेपालीको घर पनि पहिरोले जोखिममा पर्नुका साथै करिब तीन रोपनी खेत बगाएको छ। उनलाई आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको प्रहरी निरीक्षक परियारले बताए। पहिरोले स्थानीय खुमबहादुर विकको घर पनि जोखिममा परेको छ भने करिब दुई रोपनी खेत बगाएको छ।

प्रकाशित :२०८३ भाद्र १८, बिहीबार १६:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry