सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक भएको छ। सरकारले विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरेको ।
Advertisement 1
हो । राजधानीमा आज एक कार्यक्रम आयोजना गर्दै विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाई सार्वजनिक गरिएको हो । मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन्।नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।
यसअघि ८८४८ मिटर रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेर ८८४८ दशमलव ८६ मिटर पुगेको छ ।
Advertisement 2
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेको हो । नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ। उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभइ परम्परागत प्रविधि पनि प्रयोग गरिएको थियो।
विभागले १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।