गुणस्तरहीन वस्तु बेचेको अभियोगमा ४३ जना विरुद्ध मुद्दा दायर

वाग्मती। गुणस्तरहीन खाद्यन्न उत्पादन एवं बिक्री गरेको अभियोगमा बारा र पर्साका ४३ उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मुद्दा दायर गरेको छ।
Advertisement 1
आर्थिक वर्ष २०८१/८२ मा बारा र पर्साका ४३ जना व्यवसायीविरुद्ध जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा दायर गरेको हो। कार्यालय प्रमुख सुरेशकुमार सिंहका अनुसार ५ जना व्यवसायीविरुद्ध जिल्ला अदालत बारा र १ जना व्यवसायीविरुद्ध जिल्ला अदालत पर्सामा खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ।
उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बाराका २६ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा र पर्साका २ जना व्यापारीविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दायर गरेको थियो। तेल तथा घ्यूजन्य पदार्थ उत्पादन गर्ने २४, खाद्यन्न, दलहन तथा सोबाट बनेको पदार्थका ५, फलफूल तथा सागपात तर्फका २, ‘कन्फेक्सनरी’ १, गुलियो पदार्थका ५, दूध र दूधजन्य पदार्थका ४ जना र दाना पदार्थका २ उद्योगविरुद्ध मुद्दा दायर गरिएको हो।
Advertisement 2
खाद्य स्वच्छताका लागि आव २०८१/८२ मा ५६ वटा होटल तथा रेष्टुरेन्ट तथा ८ वटा हाटबजार मेला महोत्सवमा अनुगमन गरिएको उक्त कार्यालयले जनाएको छ। अनुगमनका क्रममा म्याद समाप्त भएका, लेबल विवरण नभएका, सडेगलेका तथा अखाद्य वस्तु जफत गरिएको थियो।