झोलुंगे पुलमा अड्किएका खच्चड नदीमा खसालेर उद्धार गरिँदै
अछाम। कर्णाली नदीमा रहेको झोलुंगे पुलको जाली लत्रिएर बीचमै अड्किएका खच्चडको उद्धार थालिएको छ। पुलको लठ्ठा लत्रिएर बीचमै अड्किएका १३ खच्चडको उद्धार थालिएको हो।
Advertisement 1
अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाँडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुंगे पुलको जाली लत्रिँदा खच्चड अड्किएका थिए।
खच्चडको उद्धारका लागि अन्य विकल्पबाट सम्भव नदेखिएपछि लठ्ठा काटेर खच्चड खदीमा खसालेर उद्धार थालिएको हो। नदीमा डुंगा तैनाथ अवस्थामा राखिएका स्थानीयले बताएका छन्।
Advertisement 2
अाइतबार बिहान खुट्टा जालीभित्र पसेपछि खच्चड पुलको बीच भागमै थन्किएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। ‘खुट्टा पुरै जालीभित्र पसेपछि १३ खच्चड त्यहाँबाट निस्किन पाएका छैनन्,’ उनले भने, ‘उद्धारका लागि अछाम र दैलेखका विभिन्न प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी घट्नास्थलमा खटाएका छौँ ।’
भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको छ। खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन्। रासस