‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ सार्वजनिक

काठमाडौं। प्रा डा दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ।

Advertisement 1

उक्त ग्रन्थ सोमबार समालोचक प्रा डा वासुदेव त्रिपाठीले लोर्कापण गरेका थिए। ग्रन्थलाई नइ एकेडेमीले प्रकाशनमा ल्याएको हो। समालोचक प्रा केशव सुवेदीले उक्त ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम भएको र कथाका अध्येता अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देशन गर्ने बताए।

समारोहमा लेखक श्रेष्ठले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको र यो प्रयोगात्मक अध्ययनको नमूना रहेको बताए।

Advertisement 2

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा दयाराम श्रेष्ठले नेपाली कथा साहित्यका विद्यावारिधि गरेका छन्। उनले छत्तीस वर्ष प्राध्यापन पेसा गरेका थिए। उनका ३० वटा कृति प्रकाशित छन्।

प्रकाशित :२०८२ माघ ६, मंगलवार १४:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry