अग्रज — हाम्रो जरा, हाम्रो उज्यालो

समयको यात्रामा
हाम्रा पाइलाहरू जहाँ पुगेका छन्,
त्यहाँ अग्रजहरूको छायाँ छ ।
ममताको, अनुशासनको, अनि बाँच्ने रहरको।
हामीले बाल्यकालमा
जब पहिलोपटक हिँड्न सिक्यौं,
हात तिनैले समातेका थिए ।
आज जब उनीहरू ढल्किँदै छन्,
हाम्रो कर्तव्यहरु हो ।
उनीहरूलाई आत्म सम्मानसहित
जीवनको उज्यालो फिर्ता दिलाउनु।

Advertisement 1

अग्रजहरू बोझ होइनन्,
उनीहरू अनुभूतिको ग्रन्थ हुन् ।
जिन्दगीका कठिन पानाहरूका साक्षी।
तिनको अनुहारमा झल्किएको
रेखा केवल उमेरको निशान होइन,
त्यो अनुभवको सौन्दर्य हो।
दुर्व्यवहार होइन, प्रेमले स्याहार सुसार गरौं ।
मौनता होइन, संवादले सम्बोधन गरौं।
किनभने आजको सम्मान,
हाम्रो भोलिको पहिचान हो।

घरमा बुबा-आमाको हाँसो बाँकी रहोस्,
आँगनमा तिनको उपस्थितिले स्नेह फिजाओस्।
साना हातहरूले उनीहरूको हात समातून्,
अनि भनून् सगौरव खुला ह्रदयले
तपाईं हाम्रो गौरव हुनुहुन्छ,
हाम्रो भविष्यको आशीर्वाद।

Advertisement 2

समाज तब सुन्दर हुन्छ,
जब उमेर होइन, मानवीयता ठूलो ठहरिन्छ।
अग्रजहरूलाई सम्मान गरौं ।
किनभने तिनै हुन् हाम्रो जरा,
जसले जीवनको वन हरियो राखेका छन्।

प्रकाशित :२०८२ पुष ४, शुक्रबार १३:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry