देशको दुख: गाउँ रित्ता, शहरमा अराजकता

रिसव गौतम।२०८२ मंसीर ९ गते अर्थात मंगलबारको गोरखापत्र दैनिकमा ‘फ्रन्ट पेज’मै एउटा यस्तो सामाचार थियो ‘गाउँसगै विद्यालय पनि रित्तिदै’। हुन त सो समाचारले अहिलेको शासन, प्रशासन र राजनीतिलाई के पो सरोकार राख्ला र ! कसले पो सुन्ला देशको दुर्दान्त कथाहरु। त्यसमाथी हालैको जेनजी विद्रोह, त्यसपछिको ट्रर्याक बाहिरको राजनीति, दलहरुबीचको टकराब, बैमनस्यता, दिनहुँको आन्दोलन, अराजकता र अशान्तीको मौसममा ती समाचारहरु कसलाई के सरोकार? उद्योग धन्दा बन्द हुने र राजनीतिक दलहरु खुल्ने अनि नयाँ–नयाँ रङगी–बिरङगी नेताहरु जन्मने मौसममा ती समाचारको के अर्थ ? तर सो समाचारको अन्तर्यकथाले सोचमग्न आम नेपालीलाई रिरोल्छ।

Advertisement 1

समाचारमा भनिएको छ ‘गाउँ छोडेर अधिकाशं मानिसहरु बालबच्चा बोकर भारत पलायन हुँदा बैतडीका ११४ वटा आधारभुत विधालय बन्द हुदैछन्।’ गत बर्षको तुलनामै बैतडी जिल्लाका सामुदायिक विद्यालयमा झण्डै ८ हजार विधार्थी घटेका छन्। खासगरी बेरोजगारीकै परिणाम स्वरुप त्यसरी मानिसहरु गाउँबाट घरै ताल्चा लगाएर बाहिरीएका छन्। पहाडी जिल्लाहरुमा त त्यसरी बाहिरीनेहरुले घरै नर्फकने गरि छोडेर हिँडेका छन्। एउटा जिल्लाकै अवस्था यस्तो छ भने पुरै देशको अवस्था र कथाको अन्तर्य कस्तो होला? कसले गर्ने त्यसको वास्तविक अध्ययन ? त्यसरी गाउँ नै छोडेर, देशै छोडेर मानिसहरु पलाएन भइरहँदा किन दुखिरहेको छैन देशको टाउको? अहिले गाउँ छाड्ने, घरै छाड्ने र देशै छाड्ने समस्याको चुरो कारण बेरोजगारी हो। सरकारले हरेक बर्षको बजेटमा देश नै खाली हुने डरलाग्दो बेरोजगारी समस्यालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने होइन्। बजेटको मुल प्राथमिकता त्यसैमा हुनुपर्ने, नीतिको प्राथमिकता त्यसैमा हुनुपर्ने र दलहरुको प्राथमकिता त्यसैमा हुनुपर्ने हो नी। जनतालाई देशमा बस्ने वातावरण बनाउन नसक्नेहरुले देशलाई रिसंगापुर वा स्वीजरल्याण्ड बनाउछौं भनेर किन खोक्नु?

शहर अराजकताको केन्द्र
शहरप्रति मानिसहरुको मोह घट्दो छ। तर मानिसहरु थुप्रनुपर्ने बाध्यताको केन्द्र बनिरहेको छ शहर। किनकी अवसर र रोजगारी केन्द्रिकृत भएकाले पनि शहर बाध्यताको केन्द्र छ। खासगरी संघीय प्रणाली लागु गरिए पनि त्यसको वास्तबिक रुपमा लागु नगरिँदा, संघीयताका सिद्धान्तहरु अलपत्र पर्दा देशले उही राजतन्त्रकालिन पुरानो अवस्था झेलिरहेको छ।

Advertisement 2

खासगरी शहर अराजकताको केन्द्र पनि बनिरहेको छ। यहाँ मानवता हराएका छन्। यहाँ शक्ति र पैसा हुनेहरुले जे गर्दा पनि हुने अवस्था छ। कानुनको परिपालना निकम्मा भएकै कारण शहर अशान्त र अस्तब्यस्त छ। अन्यन्त्र शहरहरु शान्तिको केन्द्र बनिरहँदा, सुबिधा र अवसरहरुको केन्द्र बनिरहँदा नेपालका शहरहरु अराजकताले जकडिएका छन्। ४० लाख भन्दा बढी मानिस बासोबास गर्ने काठमाण्डौ उपत्यका (काठमाण्डांै, ललितिपुर र भक्तपुर) झन् बढी अशान्त बनिरहेको छ। घरी माओवादी जनयुद्धको प्रभाव, घरी भुकम्पको मार, घरी कोरोना तथा डेङगुको प्रकोप, घरी बाढी तथा ढुबान। हुँदा–हुँदा अहिले त नयाँ पुस्ताको गम्भीर चुनौती र विद्रोहले शहर आक्रान्त छ। दिनहुँ दशथरी समुहहरुका आन्दोलन हुन्छन्। आन्दोलन गर्छौ भनेर धम्की दिनेहरु त कति कति ! जलेका घर सम्पत्तिहरु, सरकारी कार्यालयहरुका खरानी टकटकाइएका छैनन्। फेरी आन्दोलन गर्ने धम्कीहरु एक होइन् अनेक कोणहरुबाट आइरहेका छन्। राजावादीहरु आन्दोलनमा थिए, आन्दोलन फेरी गर्छौ भनिरहेका छन्। जेनजीहरु पढाइ लेखाई हापेरै आन्दोलनमा छन्। भनिरहेका छन् पुराना राजनीतिक दलहरुले अति गरे, भष्टाचार गरे, देश नाकाम बनाए, विकास गरेनन्। उनीहरु फेरी पनि आफना माग र मुद्धा सम्बोधन नभए आन्दोलननै गर्छौ भनिरहेका छन्।

कतिपय ठुला भनिएका राजनीतिक दलहरु समेत निर्वाचन आयोगमा लाजगाजले दल त दर्ता गराएका छन्। च्याखे थापेका छन् तर भदौ २३ अघिको अवस्था फर्काउन उनीहरु हरहमेशा लागिरहेका छन्। एमालेले त जेनजी आन्द्रोलन र विद्रोहको परिणाम स्वीकारै गरेको छैन, संसद प्ुर्नरस्थापनाका लागि आन्दोलनरत छ। सर्वोच्च अदालतमा संसद प्ुर्नरस्थापनाका लागि मुद्धा दायर गरिसकेको छ। फागुन २१ म निर्वाचन हुन्छ वा कथाले अर्कै रुप लिन्छ वा के हुने हो भन्न सकिने अवस्था छैन। यद्यपी अन्तरीम सरकार चुनाब गर्छौ, फागुन २१मै चुनाब हुन्छ भनिरहेको छ। तयारी पनि राम्रैसँग गरिरहेको देखिन्छ। द्धान्द्धात्मक अवस्थालाई भड्काउने भन्दा निर्वाचनका लागि सालिन रुपमा, भब्य रुपमा सरकार लागिरहेको देखिन्छ।

Advertisement 3

देशमा एक हिसावको रमिता चलिरहेको देखिन्छ। भविष्यमा के हुन्छ थाहा छैन्। तर, यत्ति हो, देश झन्–झन् अराजकता र अशान्तीतर्फ उन्मुख छ। खासगरी त्यो अराजकता र अशान्ती प्रम्ुख शहरहरुमा बढी केन्द्रित छ। आनन्दले आफनै पेशा, ब्यवसाय गरेर शान्तीको जिवन गुर्जान चाहनेहरु अनेक कोणबाट भिक्टिम छन्। भविष्यको दृष्टिगोचर गर्ने हो भने देशमा बस्ने माहोल नै छैन। यो अराजकता सहेर, यो अशान्तीको भड्खालोमा रुमलिएर कसलाई बस्न मन होला र ? धेरैले देशप्रति भरोषा गुमाएका छन्। यो संकटपुर्ण घडीमा पुराना दलहरु नेपाली काँङग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नयाँ उदाएको रास्वपा, राप्रपा, मधेशवादी दलहरु सबैले विवेक गुमाएनन् र चुनाबमा भाग लिए। चुनाब हुने वातावरण आफ्ना तर्फबाट बनाए भने चुनाब हुन्छ। र, मुलुक नयाँ मोडमा अघि बढ्ला पनि। किनकी जेनजी आन्दोलनको हालैको रापतापले यसपटक धेरै युवा पुस्ताहरु चुनिएर आउने सम्भावना छ। यदी दलहरु संयमित भएनन् र निर्वाचन आफनै बोली र ब्यवहारका कारण विथोले भने देश बर्बाद हुनेछ। जनप्रतिनिधि विहिन हुनेछ। अस्थिरता र विदेशीहरुको खेल मैदान हुनेछ। त्यसकारण हरेक विवेकशील नागरिकले स्थीति फड्काउने होइन् शान्ति र स्थीरता सहित निर्वाचनको माहोल बनाउनु पर्छ। अन्यथा आम नेपाली जनताको भविष्य अन्धकारमय हुनेछ।

अहिले त काठमाण्डौ उपत्यकाकै कुरा गर्ने होे भने तरकारी, खाद्यन्य लगायतका उपभोग्य वस्तुहरुमा महंगी अचाक्ली छ तर कसले त्यसको नियन्त्रण गर्ने ? बिहान र साँझ रिङ्गरोडमा गुड्ने बसहरुमा मान्छेहरु चढ्न सक्ने अवस्थामा छैनन् जो जहाँ पनि लुटिने, कुटिने अवस्था छ। सहचालक तथा गाडीवालाहरुको पेसेन्जर प्रतिको ब्यवहार उस्तै हेपाहा, कर्कशलाग्दोे छन्। उपत्यका भित्रने र बाहिरिने गाडीहरुले चाडबाडका नाममा जतिपनि भाडा असुलेका छन्। कसले नियन्त्र गर्ने ? शहरमा अपराधीहरु बढीरहेका छन्। गँजडी, लागु दुब्यसनी गर्नेहरु बढीरहेका छन्। रक्सी खाएर मातेका मान्छेहरु यत्रतत्र भेटिन्छन् र उनीहरुले मान्छेहरुलाई तर्साइरहेका छन्। सताइरहेका छन्। कसले नियन्त्रण गर्ने ?

हालैको जेनजी आन्दोलनको क्रममा ३ जना नेपाल प्रहरीले साहदत प्राप्त गरे। एक हजार भन्दा बढी घाइते भए र देशभरीका प्रहरी कार्यालयहरु जले। जसकारण उनीहरुको मनोवल कमजोर भएको देखिन्छ। त्यसमाथी ६ हजार भन्दा बढी हतियार र एक लाख गोलीगठ्ठा हराएका छन् त्यसक्रममा। ५ हजार भन्दा बढी जेलमा रहेका अपराधीहरु भगेका छन्। अनि भन्नुस् त समाज कति त्राहिमाम छ अहिले। त्यत्रा अपराधी, हातहतियार प्रहरीको नियन्त्रण बाहिर छ। जसले समाजलाई तर्साइरहेको छ। ती हतियार लिएर भागेकाहरुले समाजमा भित्रभित्र कति पिडा दिइरहेका होलान् कतिलाई सताइरहेको होलान्। त्यसको अनुमान गर्न सकिदैन। अनि यो शहर कसरी शान्त हुनसक्छ ? कसरी बस्न लायक छ? प्रहरीका दर्जनांै हतियारधारी सिपाइहरु लिएर बसेका नेता, पुर्बप्रमहरु समेतले असुरक्षा भयो। सुरक्षा पाउँ भनिरहेका छन् भने आम नागरिक जोसँग केही छैन्, अभाव र गुनासाहरु बाहेक उनीहरु कसरी शान्त भएर बसुन्। त्यसकारण सरकारले काठमाण्डौ उपत्यका लगायतमा यस्ता अराजकताहरु मथ्थर गरोस्। त्यसको लागि प्रयत्न गरोस्।

काठमाण्डौ उपत्यका मात्रै होइन् देशका प्रमुख शहररुहको हाल करिव उस्तै हुदैछन्। शहर अवसरको कन्द्र बन्नुपर्नेमा अराजकता र अब्यवस्थाको केन्द्र बनिरहेको छ। अघिल्लो महिना वीरगञ्ज महानगरमा झाडापखाला र हैजा फैलियो। धेरै मान्छे त्यसले बिरामी भए। केहीले त ज्यानै गुमाए। त्यो काबु बाहिर गएपछि झाडापखाला विरुद्ध भ्याक्सिनै लगाउन पने स्थीति बन्यो। हामीले कस्तो शहर बनाऔं, जसकारण हरेक चुनौतीहरु शहरले सामाना गरिरहेको छ। शहरहरु अति नै प्रदुषित हुदै गएका छन्। कतिपटक त काठमाण्डौ उपत्यका विश्वकै प्रदुषित शहर भनेर घोषित भयो। विशाक्क्त खानाका केन्द वनिरहेका छन् शहरहरु। स्वदेशी उत्पादन नहुँदा भारत लगायतमा अधिक विशादी प्रयोग गरी फलाइएका तरकारी तथा फलफुल सेवन गर्ने बाध्यता नेपालीहरुलाई छ। त्यसले रोगब्याधी बढाइरहेको छ। विदेशी रेमिटयान्स्ले चलेको देशको अर्थतन्त्र अधिक आयातले टाट पल्टाइरहेको छ। यो रियालीटीको महसुस कहिले हुन्छ? अनि सुधार कहिले ?

गाउँ बस्न लायक तर रित्तिदैँ
हिजोआजका दिनहरुमा नेपालको सुदुर गाउँहरु बस्न लायक भइरहेका छन्। गाउँहरुमा बाटोघाटो पुगेको छ। सञ्चार र शिक्षालयहरु प्ुागेका छन्। तर मान्छेहरु भने गाउँबाट नै भागिरहेका छन्। गाउँले मान्छे खोजेको छ, मान्छेहरु गाउँबाट शहर र शहरबाट देशै छाडेर भागिरहेका छन्। यो सबै कुशासनले गर्दा हो। कोही पनि मन्त्री, प्रधानमन्त्री भएपछि ‘ग्राउण्ड रियालिटी’ भन्दा पर रहे। अघिल्लो बर्ष नेकपा एमाले सरकार विमुख हुँदा उसले मध्यपहाडी लोकमार्ग भएर पुर्बपश्चिम जागरण अभियान चलायो। माओवादीले पनि त्यसै गर्यो। त्यसक्रममा पहाडमा कम्तिमा ५ लाख घरहरु रित्ता रहेका, छाडेर मान्छेहरु तराइ वा शहर छिरेका वा देशै छाडेका भनेर अनुमान गरिए। हालै लमजुगंको केही गाउँहरु डुल्दा पक्तिंकारले पनि धेरै घरहरु ताल्चा लगाइएका, मान्छेहरु हराएका देखेको हो।

अहिले नेपालको सतप्रतिशत गाउँ–ठाउँमा बिजुली, सञ्चार पुगिसकेको छ। सडकहरु जहाँतहिँ पक्की रुपमै पुगिसकेका छन्। सिमित ठाउँहरुलाई थाती राखेर गाउँमा खानेपानीको पनि अभाव छैन। तरकारी, फलफुल र अन्नपात त गाउँमै फल्ने भइहाल्यो। स्वच्छ हावापानी सहित बस्न लायक हुदै गएको गाउँलाई मान्छेहरु लात मारिरहेका छन्। विकृति र विसंगतीको शहरी छानामुनी मान्छेहरु ओत लागिरहेका छन्। यसको एउटै कारण बेरोजगारी हुनसक्छ्। वास्तम्वमा गाउँमा रोजगारी कम छ। गाउँलेहरुले अलिअलि उत्पादन गरेका अन्नपातहरु पनि बेच्ने बजार छैन। त्यसलाई सरकारले कहिल्यै सम्बोधन गरेन। गाउँमा मान्छेहरु अडिन त्यहाँ रोजगारी र आम्दानी हुनेगरी वातावरण बन्न सक्नुपर्छ। अनिमात्र गाउँ रित्तिने छैन र छोडेर गएकाहरु फर्कनेछन्।

प्रकाशित :२०८२ मंसिर ११, बिहीबार ११:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry