पूर्व सचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

आइतबार बिहान बसेको संवैद्यानिक परिषद्को बैठकले केही संवैद्यानिक निकायहरुको नियुक्ति टुंग्गाएको छ ।
जसअनुसार पूर्व सचिव माधव रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षको जिम्मेवारी दिइएको छ । रेग्मी पूर्व सचिव हुन । उनी झापा निवासी । न्यायधीश कुमार रेग्मीका दाजु । रेग्मी आयोगमै पूर्वसचिव थिए। लोकसेवा आयोग गत चैत्र १० गतेदेखि पदाधिकारीविहिन छ ।


पूर्व सचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका हुन् ।
आज बिहान वालुवाटारमा भएको संवैद्यानिक परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलिप रेग्मी र निर्वाचन आयोगको सदस्यमा पूर्वसचिव वीरबहादुर राईलाई नियुक्त गरेको जनाइएको छ । यद्यपि निर्णय गोप्य राखिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आईतवार १३:५३

प्रतिक्रिया दिनुहोस्