१ सहसचिवलाई थप जिम्मेवारी ४ सहसचिव को सरुवा(सुचि सहित)

काठमाडौं। १ जना सहसचिव लाई थप जिम्मेवारी दिईएको छ भने ४ सहसचिवको सरुवा गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहत कार्यरत सहसचिवहरूको सरुवा सहित काम हेरफेर गरिएको छ।
Advertisement 1
ईकर्मचारी लाई प्राप्त विवरण अनुसार विभागका सहसचिव हरि कुमार पोखरेललाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा निर्देशकका रुपामा पठाएको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका श्यामबहादुर खड्कालाई सहसचिव (उपमहानिर्देशक) का रूपमा सडक विभाग, सम्भार महाशाखामा तोकिएको छ।
Advertisement 2
यसैगरी, सूर्यविनायक–धुलिखेल सडक आयोजनाका ज्ञानेन्द्र कुमार झालाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतमा पठाइएको छ भने नागंढुंगा सुरुङ मार्ग निर्माण आयोजना निर्देशनालय का आयोजना निर्देशक सञ्जय नेपाललाई पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयमा आयोजना निर्देशक का रुपमा थप जिम्मेवारी दिइएको छ। विजय कुमार महतोलाई सूर्यविनायक–धुलिखेल सडक आयोजनामा का.मु. प्रमुखको जिम्मेवारी दिइएको छ।