कागजमा सीमित लोकतान्त्रीक गठवन्धन रसुवाको घोषणापत्र

आगमी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले घोषणा पत्र सार्वजनिक गर्दै छन् । हुन त विगतका निर्वाचनमा पनि दलहरुले घोषणपत्र सार्वजनिक नगरेका भने होइनन् । घोषणा पत्र सार्वजनिक गर्नु ठूलो कुरा होइन,त्यो कति कार्यान्वयन भयो भन्ने कुरा महत्वपूर्ण हो । गत निर्वाचनमा दलहरुले घोषणा पत्रमा गरेका अधिकांस संकल्पहरु पुरा हुन सकेनन् । दलहरूले मतदाता रिझाउनकै लागि चुनावी घोषणापत्रमा जेजस्ता सपना देखाएका थिए ति पाँच वर्षपछि पनि सपना मात्रै भए । जनतासामु पूरा नहुने कबोल गरेका दलहरूले चुनावी घोषणापत्र जस्तो महत्वपूर्ण संकल्पलाई कागजको खोस्टो बनाइरहेका छन् र सधैं मतदातालाई झुक्याउने अवसर पाइरहेका छन् । अहिले पनि त्यही कुरा नदोेहोरियला भन्न सकिदैन । राजनीतिक दलहरूले अहिले पनि समृद्धिका अनेकन सपना देखाएका छन् । तर त्यस्ता सपनालाई भुइँ तहका नागरिकले भोगिरहेका दुःख र हैरानीले गिज्याइरहेजस्तो देखिन्छ ।

Advertisement 1

अहिले यहि प्रशंग मिल्न पुगेको छ रसुवामा । नेपाली कांग्रेस र नयाँ शक्ति पार्टी नेपालको लोकतान्त्रीक गठवन्धन रसुवाको संघिय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी प्रतिवद्धता पत्र तयार पारेको थियो । समृद्ध र समुन्नत रसुवा निर्मार्णका लागि लोकतान्त्रीक गठवन्धनले आगामी पाँच वर्षको लागि उक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेको थियो। रसुवागढी नाका, पुर्वधार, जल विद्युत, हाइड्रोपावर, भ्रष्टाचार रहित जिल्ला, सुकुम्वासी समस्या, महिला स्वास्थ्य, युवाहरुलाई रोजगारी, पर्यटन, जल पर्यटन र कृषि लगाएत एक सय २३ बुँधामा उक्त प्रतिवद्धता पत्र समेटिएको छ। घोषणापत्र मार्फत खानेपानीको पहुँच, घरदैलोमै स्वास्थ्य सेवा, वडा तहसम्म सडक सञ्जालदेखि विद्यालयमा विद्युत र इन्टरनेटको पहुँचसम्ममा जुन खालका प्रतिवद्धता अघि सारेका छन् । घोषणापत्रमा वडा तहसम्म सडक पुर्‍याउने आश्वासन बाँडेका छन् । घोषणा पत्र सार्वजनिक गर्नु आफैमा राम्रो हो । कम्तीमा पनि जनताले कुन दलको योजना के छ ? कस्ता छन् कार्यक्रम भनेर बुझ्ने अवसर त पाउँछन् । विगतमा गरिएका संकल्प पुरा नहुँदा यस पटक पनि त्यस्तै त हुने होला नि भन्ने आम जनताको सोंच छ ।

नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभाका लागि ८४ पृष्ठ लामो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो। यस्ता छन् उनीहरुको घोषणा पत्र ।
– रसुवागढी नाकालाई चीन सरकारसँग समन्वय गरी व्यवस्थित रुपमा सञ्चालनमा ल्याइनेछ ।
– लाङ्गटाङ्ग हिमाल, गणेश हिमाल, गोसाइकुण्ड, पार्वतीकुण्ड तातोपानी को पर्यटन प्रवद्र्धनको दिर्घकालिन तथा
अल्पकालीन रणनीति तयार गरिनेछ ।
– गतलाङ, गोल्जुङ्ग, चिलिमे र थुमनलाइ तमाङ्ग हेरिटेज पर्यटन क्षेत्रको रुपमा विकास गरिनेछ ।
– जल विद्युतमा लगानीको सुरक्षा दिइ जिल्ला भित्रका आयोजनाहरुमा जनताको लगानीमा आयोजना निर्माण
कार्यमा जोड दिइनेछ ।
– जल विद्युतवाट आन्तरिक श्रोत वापत प्राप्त कर रकम लाइ रसुवाको सडक र पर्यटनमा लगानी गरिनेछ ।
– हाइड्रोपावरहरुको लागि सम्भाभ्यता अध्ययन गरि थप आयोजना निर्माण गर्ने नीति तय गरिनेछ ।
– जिल्ला भित्र निर्मित तथा निर्माण हुने हाइड्रोपावरहरुमा स्थानिय वासिन्दाहरुको शेयर लगानी गर्ने वातावरणको
सुनिश्चित गरिनेछ । रोजगारीमा स्थानिय जनशक्तिलाई पहिलो प्राथमिकतामा राखिनेछ ।
– लाङ्गटाङ्गमा हाइ हिमालयन मेडिटेसन केन्द्र खोल्ने र तारे होटलहरुको विकास गरी पर्यटन क्षेत्रलाई अत्याधुनिक बनाइने नीति लिइनेछ ।
– जल विद्युत आयोजना प्रभावित क्षेत्रमा वातावरण संरक्षणका कार्यहरु सञ्चालन गर्न कार्यक्रम बनाइनेछ ।
– रसुवा जिल्लालाई भ्रष्टाचाररहित जिल्ला बनाइनेछ ।
– भूकम्पबाट विस्तापित हाकु र डाँडागाउँका बासिन्दालाई पुनर्वासको व्यवस्था मिलाइनेछ ।
– सुकुम्वासी समस्या हल गर्ने रणनीति तय गरिनेछ ।
– पुनर्निर्माण कार्यलाई तीव्र रुपमा कार्यान्वयनमा ल्याइनेछ ।
– गरिब घरधुरी पहिचान गरी उनीहरुलाई शिक्षा, स्वास्थ र रोजगारीको ग्यारेन्टी गर्ने नीति अवलम्वन गरिनेछ ।
– रसुवा जिल्लाभित्र रहेका भौगोलिक अवस्थिति बस्तीका लागि उपयुक्त भएका स्थान विशेषलाई आधार मानी एकीकृत बस्ती विकासको लागि अल्पकालीन तथा दीर्घकालीन योजना तयार गरिनेछ ।
– वेत्रावती मैलुङ्ग स्यापु्रmवेसी टिमुरे सडक निर्माण कार्य सम्पन्न गरिनेछ ।
– पासाङ ल्हामु मार्गको स्तरोन्नति गरिनेछ ।
– ठुलोगाउँ डाँडागाउँ, करुमत्याङ, तिरु बाउनडाँडा सडक विस्तार गरिनेछ ।
– बोगटीटार भोर्ले पारच्याङ सडकको स्तरोन्नति गरिनेछ ।
– बस्तीबस्तीमा सडक सञ्जाल विस्तार गरिनेछ ।
– हाल सञ्चालनमा रहेका सडकलाई आगामी ५ वर्षभित्रमा कालोपत्रे गरिनेछ ।
– लोकिल जुरेढुङगा गोसाइकुण्ड हिमाली पदमार्ग’को निर्माण ।
– लच्याङ, यार्सा दोक्लाङ गोसाइकुण्ड पदमार्ग निर्माण ।
– जिल्लाभित्र रहेका पहिरोग्रस्त क्षेत्रमा पहिरो नियन्त्रणको लागि जाली, नाली र वृक्षरोपणको कार्यलाइ अगाडि बढाइनेछ ।
– प्रत्येक बस्तीलाई सफा सुन्दर र हरियाली बनाउनाी लागि दीर्घकालीन योजना तयार गरिनेछ ।
– जिल्लामा रहेका क्याम्पस तथा विद्यालयहरुको भौतिक तथा शैक्षिक वातावरणलाई स्तरीय बनाइने छ ।
– कालिकास्थानमा एक प्राविधिक शिक्षालयको स्थापना गरिनेछ ।
– कालिकास्थानमा एक सुविधा सम्पन्न अस्पताल निर्माण गर्न पहल गरिनेछ ।
– प्रत्येक वडामा घुम्ती क्लिनिकको स्थापना गरिनेछ ।
– महिला स्वास्थ्य स्वयम् सेविकाहरुको क्षमता अभिवृद्धि गरी सेवा सुविधाहरुलाई प्रभावकारी बनाइनेछ ।
– कृषि पेसालाई वैज्ञानिक र उत्पादनमुखी बनाइनेछ । कृषिका लागि सम्भावित क्षेत्रहरुको पहिचान गर्दै अन्न बाली तथा तरकारी खेतीको पकेट क्षेत्र विकास गरिनेछ ।
– गतलाङ, गोल्जुङ, हाकु र यार्सालाई आलुको पकेट उत्पादन क्षेत्र बनाइनेछ ।
– कृषियोग्य जमिनका लागि सिंचाइको प्रवन्ध गरिनेछ । ती क्षेत्रमा व्यावसायिक रुपमा पकेट क्षेत्र खेतीको
सुरुवात गरिनेछ । कृषिमा नगदेवालीको उत्पादनमा जोड दिइनेछ ।
– सिंचाइ सुविधा उपलब्ध गराउन नसकिने स्थानमा वर्षादको पानी सङ्कलन गरी सुख्खा याममा सिंचाइ सुविधा प्रदान गर्न १ घर १ सङ्कलन ट्याङ्कीको प्रवन्ध मिलाइनेछ । जसले बढ्दो जलवायु परिवर्तनको असरलाई अनुकुलन बनाइनेछ ।
– तरकारी पकेट क्षेत्र विकास कार्यक्रमका लागि जिल्लामा रहेका तरकारी सङ्कलन केन्द्रलाई संयोजन गरी बजारीकरणलाई प्रभावकारी बनाइनेछ ।
– पशुपालनलाई आयआर्जनको प्रमुख पेसाका रुपमा विकास गरिनेछ ।
– युवाहरुलाई रोजगारीको व्यवस्था गर्नका लागि प्रत्येक वडामा ३, ३ वटाका दरले बाख्रापालन फर्म, कुखुरापालन फर्म, बंगुरपालन फर्म र गाईपालन फर्मका लागि समूहगत योजना निर्माण गरी अघि बढाइनेछ ।
– उपयुक्त भौगोलिक अवस्थितिमा भ्युपइन्टका लागि टावरहरू स्थापना गरिनेछ ।
– नौकुण्डका ५ वटा बस्तीलाइ ग्रामीण पर्यटन नमुना बस्तीको रुपमा विकास गरिनेछ ।
– त्रिशूली नदी आसपासमा रिसोर्ट, आधुनिक होटल तथा पार्कहरुको निर्माण गर्न निजी क्षेत्रलाई प्रोहोत्साहित
गरिनेछ ।
– जिल्लाभित्रका जलसम्पदा र वन सम्पदाको उपयुक्त प्रयोग रणनीति तय गरिनेछ ।

Advertisement 2

– वन्यजन्तु संरक्षण गरी पर्यटन प्रवद्र्धनलाइ योजनाबद्ध बनाइनेछ ।
– उत्तरगया क्षेत्र, भुमेस्थान, निर्कुभुमे, कालिका मन्दिर, पार्वती कुण्ड, गोसाई कुण्ड तथा निलकण्ठ मन्दिरको
संरक्षणलाई विशेष जोड दिइनेछ ।
– उत्तरगया वेत्रावती क्षेत्रलाई विशेष पर्यटन क्षेत्रका रुपमा विकास गरिनेछ ।
– जिल्लाभित्रका रहेका सबै बौद्ध गुम्बाहरुको पुनःनिर्माण गरिनेछ । पुरातात्विक बौद्ध गुम्बाको संरक्षण गरी
पर्यटन प्रवद्र्धन गरिनेछ ।
– मुख्य व्यापारिक केन्द टिमुरे, स्याफुवेसी, थाम्मुचेत, धुन्चे, कालिकास्थान, जिवजिवे, वेत्रावती बजारलाई व्यवस्थित बजार केन्द्र क्षेत्रको रुपमा विकास गरिनेछ । जसका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिनेछ ।
– महिलाहरुलाई उद्यम व्यवसायमा लगाउनका लागि सिलाइ बुनाइको सीप प्रदान गर्न योजना तयार गरिनेछ । तयारी पोसाक बनाउने मझौला उद्योगको स्थापना प्रत्येक गाउँपालिकामा गरिनेछ ।
– उनी कपडा तयार गर्नका लागि प्रत्येक गाउँपालिकामा १, १ वटा होजियारी उद्योगको स्थापना गरिनेछ ।
– राडी पाखी उद्योग हरुको प्रवर्दन तथा विकास गरिनेछ ।
– युवाहरुको वैदेशिक पलायनलाई रोक्नका लागि प्रत्येक गाउँपालिकामा १, १ वटा विशेष औद्योगिक उत्पादन
क्षेत्र स्थापना गरिनेछ ।
– गाउँपालिकाभित्र १, १ वटा वृद्धपार्कको स्थापना गरिनेछ । जसबाट वृद्धवृद्धालाई मनोरन्जन प्राप्त भई
सामाजिक र पारिवारिक वातावरणलाई सुमधुर बनाउनेछ ।
– ५ वटै गाउँपालिकामा खेल मैदानको निर्माण गरिनेछ ।
– बस्ती बस्तीका प्रत्येक घर घरमा शुद्ध खानेपानीको प्रवन्ध मिलाइने छ ।

जिल्लाका सडक सञ्जाल अन्तर्गत पर्ने पहिरोको विस्तृत भौगर्भिक अध्ययनसहितको दीर्घकालीन समाधान गरिनेछ ।
– पर्यटन, कृषि तथा घरेलु उत्पादनको बजारलाई सहजीकरणका लागि सदरमुकामसम्मको यात्रा छोटो र सहज बनाउन यार्साबाट धुन्चे जोड्ने सडकको सुरुङसहितको सम्भाव्यता अध्ययन ।
– जिल्लामै प्रशस्त ऊर्जा उत्पादन हुने र भौगोलिक विकटताको कारण सडक निर्माणका कठिनाई भएकाले त्यस्तो क्षेत्रमा सडकको विकल्पमा केबलकारको व्यवस्थामा जोड दिईनेछ ।
– अव्यवस्थित सडक निर्माणको कारण अधिकतम क्षेत्रमा पहिरोको स्थिति सिर्जना भएकाले व्यवस्थित र
वैज्ञानिक तवरले ग्रामीण सडक निर्माण हुनेछ ।
– बनिसकेका ग्रामीण सडकको स्तरोन्नति ।
– जल पर्यटन (र्याफ्टिङ, क्याकिङ, क्यानोयिङ) र हिम पर्यटन (स्की) को क्षेत्र पहिचान गरी सञ्चालन गर्ने वातावरण निर्माण गरिनेछ ।
– “विनासविनाको दिगो विकास” भन्ने नारालाई आत्मसाथ गर्दै सबे किसिमको अध्ययन पश्चात मात्र निर्माण कार्यको कार्यान्वयन गरिनेछ ।
– विपत व्यवस्थापनमा स्थानीय निकायमा विशेष सक्रियता तथा सबै किसिमको विपत जोखिमको क्षेत्र पहिचान गरिनेछ ।
– हरेक गाउँपालिकाको भू—उपयोग नक्सा बनाई विशेष भू—उपयोग योजना कार्यान्वयनमा जोड गरिनेछ ।
– जिल्लाभित्र रहेका खानी, तातोपानीका मूललगायत अन्य प्राकृतिक स्रोतको अन्वेषण गरिनेछ ।
– विनासकारी भूकम्प पश्चात जिल्लामा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्था, सङ्घसंस्थाहरुबाट अनुसन्धान भइहेकाले उनीहरुले आफूले गरेको कार्यको एकप्रति रिपोर्ट जिल्लाको कुनै एक निकायलाई बुझाउनुपर्ने नियम लागू गर्ने जसले गर्दा आउने दिनहरुमा कुनै योजना कार्यान्वयन गर्दा ती अनुसन्धानका रिपोर्टले विशेष भूमिका खेल्नेछ ।

Advertisement 3

चुनावप्रचार प्रसार समिति
नेपाली काङ्ग्रेस र नयाँ शक्ति पार्टी लोकतान्त्रीक गठबन्धन रसुवा जय नेपाल ! जय नयाँ शक्ति ! जय रसुवा

मोहन आचार्य प्रतिनीधिसभाका उम्मेदवार
प्रभात तामाङ, प्रदेशसभा १
प्रेम तामाङ, प्रदेशसभा २

प्रकाशित :२०७९ भाद्र २१, मंगलवार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry