प्रधानमन्त्री प्रचण्ड जाजरकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट पुगेका छन् । उनी आज बिहान नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरबाट जाजरकोट पुगेका हुन् ।
Advertisement 1
उनलाई प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लाको अवस्थाबारे वि्रफिङ गरेका छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्ड स्थलगत अनुगमनमा निस्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शुक्रवार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्याएको छ । भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । यसैगरी रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
Advertisement 2
प्रकाशित :२०८० कार्तिक १८, शनिबार ०९:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%