इलाम र बझाङ उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो चुनावी कमान्डर
Advertisement 1
काठमाडौं । नेपाली कांग्रेसले इलाम २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक खटाएको छ।
इलाम २ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा १ का लागि नेता एनपी साउदलाई संयोजकका रुपमा खटाइएको हो।
Advertisement 2
संयोजक तय भएपछि महामन्त्री शर्माले इलाम–२ र बझाङको चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी चाँडै कार्यक्रमहरू तय गरिने बताए।
उपनिर्वाचनमा कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ।
Advertisement 3
इलाममा उम्मेदवार बनेका खड्का काँग्रेसका जिल्ला सभापति समेत हुन्। बझाङ प्रदेशसभा १ का उम्मेदवार सिंह सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन्।
प्रकाशित :२०८० चैत्र २५, आईतवार १३:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%