तरमाराहरुको अनावश्यक दौडधुप

काठमाडौं। निजामति सेवाको विशिष्ट श्रेणीमा जागीर खाएर समेत नपुगेर अवकाशपछि पनि राज्यका अन्य निकायमा उच्च ओहोदाको नियुक्ति खान पाउनुपर्ने भन्दै सचिवहरुले दौदधुप सुरु गरेका छन्।
Advertisement 1
संघीय निजामति सेवा विधेयक संसदको राज्य व्यवस्था थता सुशासन उपसमितिबाट पास भएको विधेयकमा ‘कुलिङ पिरियड’ २ वर्ष राखिएकोप्रति असुन्तुष्टि जनाउँदै सचिवहरुले लबिङमा दौडधुप सुरु गरेका हुन्।
मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरुको समूहले विधेयकबाट कुलिङ पिरियड नराख्न माग गर्दै ‘कुलिङ पिरियड’ नराख्न प्रतिनिधि सभामुख र राष्ट्रियसभा अध्यक्षलगायत पदाधिकारीसँग भेट गरेका हुन्।
Advertisement 2
बिहीबार मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका हुन्।
भेटमा मुख्यसचिव अर्याल, संसद्का महासचिव पद्मप्रसाद पाण्डेसहित करिब डेढ दर्जन सचिवहरुको सहभागिता थियो। सचिवहरूको टोलीले निजामती विधेयकबाट कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन माग गरेको हो।
Advertisement 3
तर, जिन्दगीभरि नजिामतिमा जागीर खाएर नपुगेर अवकाश पछि पनि उनीहरुले नै अवसर पाउनुपर्ने सचिवहरुको मागको चौतर्फी विरोध भइरहेको छ।
सके निजामित सेवा विधेयकमा अवकाशपछिको जीवन शान्तसँग आराम गर्नुपर्ने र नसके कम्तीमा २ वर्षको कुलिङ पिरियड स्वभाविक रहेको माग सामाजिक सञ्जालहरुमा उठ्न थालेको छ।
युवाजति विदेश पठाएर अवकाश पछिको उमेरमा समेत अरुलाई अवसर नदिने सिण्डिकेट अन्त्य हुनुपर्ने कतिपयले माग गरेका छन्।