सुरू भयो दशैं (तस्बिरहरू)
काठमाडौं। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ।
Advertisement 1
बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने भनिन्छ।
Advertisement 2
यव अंकुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ। साथै दशैं सुरु भएको अवसरमा आज विभिन्न मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ भने जमरा राख्न थालिएको छ।
Advertisement 3
काठमाडौं महानगरपालिका-१५स्थित शक्तिपीठ शोभाभगवती मन्दिरमा बिहीबार घटस्थापनाका दिन पूजा तथा दर्शन गर्दै भक्तजन। तस्बिर : हरिराम भेटुवाल/रासस