३ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं। सरकारले तीन ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सडक डिभिजन कार्यालय पाल्पाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।
Advertisement 1
सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना जारी गर्दै उक्त जानकारी गराएको छ। सूचनाअनुसार वाइपी कन्स्ट्रक्सन प्रालि र जय रक्तकाली कन्स्ट्रक्सन प्रालि तथा श्री उदय कन्स्ट्रक्सन एण्ड एन्जिनियरिङ कन्सल्टेन्सी प्रालि रहेका छन्।
जेभीका रुपमा वाइपीलाई १ वर्ष ६ महिना र अन्य दुई कम्पनीलाई १ वर्ष ३ महिनाका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ। कालोसूची अवधिभर उक्त कम्पनीहरुले सार्वजनिक खरिद कार्यमा सहभागी हुन पाउने छैनन्।
प्रकाशित :२०८१ जेष्ठ १४, सोमबार १२:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%