‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकबाट ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत भएको छ।

Advertisement 1

सैद्धान्तिक छलफलपश्चात् सर्वसम्मतिबाट स्वीकृत भएको सो विधेयकमाथि अब संशोधन पेस भई सम्बन्धित समितिमा छलफल हुनेछ।

यसअघिको अध्यादेशबाट संशोधन गरिएका केही नेपाल ऐनका केही व्यवस्थाहरु निष्क्रिय भएकाले सरकारले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक ल्याएको हो।

Advertisement 2

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद सुशीला ढकाल आचार्यले उक्त विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानुनी स्थायित्व कायम हुनुपर्नेमा जोड दिए।

Advertisement 3

सांसद साजिदा खातुन सिद्धिकीले पुनर्जीवित गरिने सबै व्यवस्था संविधानसँग बाँझिए÷नबाँझिएको विषयमा स्पष्ट हुनुपर्ने बताए। कानुन कार्यान्वयन निकाय र समय सीमाबारे पनि स्पष्ट हुनुपर्नेमा उनले जोड दिए।

सांसद अफ्साना बानुले त्यस विधेयकले प्रसाशनलाई अन्योलबाट बचाउने सुनिश्चिता हुनुपर्नेमा जोड दिए। सांसद एशुदाकुमारी बरालले अध्यादेशबाट शासन सञ्चालन गर्ने शैलीबाट माथि उठ्न सरकारसँग आग्रह गरे।

उक्त विधेयकमाथिको छलफलमा सांसद आरेन राई, डा ललिता कुमारी, टुकाभद्रा हमाल, डा पुष्पराज कँडेल, बलावती शर्मा, पार्वती विक, गुरुप्रसाद बराल, गङ्गादेवी श्रेष्ठले छलफलमा भाग लिए।

छलफलमा उठेका विषयको जवाफ दिँदै मन्त्री गौतमले अध्यादेश निष्क्रिय भएका केही नेपाल ऐनका दफालाई पुनः जगाउने नीतिगत निर्णय गरेबमोजिम सरकारले विधेयक पेस गरेको जानकारी गराए।

प्रकाशित :२०८३ आश्विन १३, मंगलवार १३:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम