कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था छः उपप्रधानमन्त्री खड्का
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको बताएका छन्। प्रेस युनियन सुर्खेतले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस उपसभापतिसमेत रहेका उनले मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको बताएका हुन्।
Advertisement 1
‘मुलुकको अर्थतन्त्र ऋणात्मक बनिरहेको, कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ, यसबाट मुक्त हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछ,’ उनले भने। न्यूनतम साझा कार्यक्रमको जगमा नीति, बजेट तथा कार्यक्रम ल्याउने जनाउँदै उपप्रधानमन्त्री खड्काले कर्णालीको विकासमा निर्वाचनको समयमा गरेका प्रतिबद्धताका आधारमा अगाडि बढ्ने बताए।
प्रकाशित :२०७९ चैत्र २६, आईतवार ०८:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%