गरिमा विकास बैंकको ‘थ्रीडी’ सेक्युर ईकमर्श सेवा सुरु

काठमाडौं। गरिमा विकास बैंकले ‘थ्रीडी’ सेक्युर ईकमर्श सेवा सुरु गरेको छ। बैंकले आफ्ना ग्राहकलाई सेवा दिने उद्देश्यले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा उक्त सेवा सुरु गरेको हो।
Advertisement 1
त्यसमा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरुमार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने बैंकले जानकारी दिएको छ।
उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड होल्डर ग्राहकले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्श सुविधा सुचारु गर्न सक्ने बैंकको भनाइ छ।
									
										प्रकाशित  :२०८१ माघ ११, शुक्रबार १५:१६																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                