कुमारी बैंकको मोबाइल बैंकिङ एपमै आईआरडी प्रोत्साहन कार्यक्रम

काठमाडौं। कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा सञ्चालनमा ल्याएको छ।
Advertisement 1
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको उक्त कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता बढाउने लक्ष्य राखेको छ।
कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ।
Advertisement 2
ग्राहकले बैंकको कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमा रहेको आईआरडी प्रोत्साहन कार्यक्रमसम्बन्धी मेनुमार्फत आफूले गरेका योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्थासमेत हेर्न सक्नेछन्।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट हरेक दिन लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपश्चात् रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले रु. १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।
Advertisement 3
बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन र बिल सुरक्षित राख्न आग्रह गरेको छ। साथै, नियमित रूपमा मोबाइल बैंकिङ एपमा रहेको आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न बैंकले अनुरोध गरेको छ।
कुमारी बैंकले उक्त अभियानले डिजिटल कारोबारको विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि र वित्तीय पारदर्शिता प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
यस कार्यक्रमले उपभोक्तालाई दैनिक खरिदमा डिजिटल भुक्तानीतर्फ आकर्षित गर्नुका साथै कारोबारको औपचारिक अभिलेख राख्ने र बिल लिनुपर्ने संस्कार विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।








