भोटेकोशी बाढी प्रभावितलाई नेपाल एसबिआई बैंकको राहत

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई राहत सामग्री वितरण गरेको छ।
Advertisement 1
बाढीका कारण प्रभावित बनेका समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले बैंकले राहत सामग्री उपलब्ध गराएको हो। विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई आवश्यक सहयोग पु¥याउने उद्देश्यले राहत वितरण गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार प्राकृतिक विपद्का बेला प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग उपलब्ध गराउनु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष हो। राहत सहयोगमार्फत विपद्बाट प्रभावित समुदायलाई केही हदसम्म सहजता प्रदान गर्ने प्रयास गरिएको बैंकको भनाइ छ।
Advertisement 2
नेपाल एसबिआई बैंकले मानवीय सेवा, सहानुभूति र ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै विपद्बाट प्रभावित समुदायको पुनःस्थापना, पुनरुत्थान तथा समग्र कल्याणमा योगदान पु¥याउँदै आएको जनाएको छ।
बैंकले आगामी दिनमा पनि प्राकृतिक विपद् तथा संकटका समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।








