नेपाल बैंकद्वारा बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं। नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ३ करोड १ लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्लेले विपद्का समयमा बैंकले गरेको सहयोगका लागि नेपाल बैंक परिवारलाई धन्यवाद व्यक्त गरे।

Advertisement 1

राष्ट्रिय विपद्मा सहयोग गर्दै आएको बैंक

बैंक सञ्चालक समितिका सदस्य लम्सालले प्राकृतिक विपद्, महाभूकम्प तथा महामारीलगायत राष्ट्रिय संकटका समयमा बैंकले आर्थिक सहयोग गर्दै आएको बताए। सोही निरन्तरताअन्तर्गत भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि सहयोग गरिएको उनको भनाइ छ। आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता सामाजिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे। बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

Advertisement 2

बैंकका उच्च अधिकारी सहभागी

चेक हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य बद्री खनाल, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का तथा सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति थियो। रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि निजी क्षेत्रबाट समेत सहयोग जुट्न थालेको छ। नेपाल बैंकको यो सहयोग पनि बाढी प्रभावितको राहत तथा उद्धारमा परिचालन गरिनेछ।

प्रकाशित :२०८३ भाद्र १४, आईतवार ०९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry