ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने २३ वटा निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौं । ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने २३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।

Advertisement 1

सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको उल्लेख गरेको छ ।

कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको हो ।

Advertisement 2

प्रकाशित :२०८० चैत्र १४, बुधबार १०:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry