भन्सारमा ‘पुरस्कार व्यवस्था’ खारेजी माग, आजपाद्वारा विभाग घेराउ

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी माग गरेको छ । उक्त माग पूरा गर्न दबाब दिने उद्देश्यले भन्सार विभाग घेराउ गरिएको छ । नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था ‘लुटकारी प्रावधान’ रहेको भन्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउन गर्दै खारेजीको माग गरिएको हो ।

Advertisement 1

त्यस कार्यक्रममा सहभागी बिल्लुप्रसाद यादवले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको लुट भइ जनताको हातमा नगएर सिधा कर्मचारीको गोजीमा गइरहेको भन्दै त्यसको विरुद्धमा आन्दोलन गर्नुपरेको बताए ।उनले भने, ‘भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको लुट भइरहेको छ । त्यो जनताको हातमा नगएर सिधा कर्मचारीको गोजीमा गइरहेको छ, यो अनाधिकृत कुरा हो । त्यो जनताले पाउनुपर्छ भन्ने हाम्रो माग हो । कर्मचारीहरुले बाँडिचुँडी खाने प्रवृत्तिविरुद्ध हामी उभिएका हौं ।’

Advertisement 2

आजपाले यसअघि गत असोजमा पनि त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको थियो । भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थाअनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कूल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ।

अर्थात् भन्सार छलीको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ। तर कर्मचारीकै मिलेमतोमा सरकारको राजस्व घटने र कर्मचारी मोटाउने यस्ता कानुनी विषय हटाउनुपर्ने माग आन्दोलनकारीको छ।

प्रकाशित :२०८० पुष २, सोमबार ०८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम