हाकिम हुन त पूर्णेश्वर सुवेदीजस्ता

अञ्जनकुमार

Advertisement 1

हक्की स्वभाव, कुनै दलगत नेता कार्यकर्ताको चाकरी  पटक्कै नरुचाउने र कर्ममा बिश्वास गर्ने जिल्ला डिभिजन बन कार्यालय लमजुङका प्रमुख गणतन्त्र दिवसको दिन त्यसै गण्डकी प्रदेश सरकारको रोजाईमा परेका हैनन होला । वन पैदावरका विषयमा खरो मिजासका डिभिजन वन कार्यालय लमजुङका प्रमुख पूर्णेश्वर सुवेदी यस बर्षका उत्कृष्ट निजामती कर्मचारी बने ।

कर्ममा बिश्वास गर्ने सुवेदीलाई त्यस्ता सम्मानको मोह थिएन । कसैलाई यसो उसो भनेर सिफारिस गरिदिनु पर्यो भन्न पनि गएका थिएनन् । मुल्यांकन टोली आयो डकुमेन्ट हेर्यो । सुबेदी आफुले अर्थात् जिल्ला वन कार्यालयले राम्रै काम गरेको छ भन्नेमा ढुक्क थिए । राज्य सधैं अन्धो या पुर्वाग्राही हुन्छ भन्ने पनि होइन । गण्डकी प्रदेश सरकारले उनको कामको मुल्यांकनकै आधारमा गण्डकी प्रदेश स्थापना दिवसको अवसरपारी पोखरामा आयोजित कार्यक्रममा सुबेदी उत्कृष्ट प्रदेश निजामति कर्मचारी मात्रै भएनन् उत्कृष्ट कर्मचारी भए वापत ७५ हजार रुपैयाँ समेत प्राप्त गरेका छन् ।

Advertisement 2


गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका कर्मचारीको काम गर्ने तौरतरिका, कार्य सम्पादन र व्यवस्थापन सेवाग्राही प्रतिको उत्तरदायित्व जस्ता मानकलाई केन्द्र भागमा राखेर गरेको मुल्यांकनमा सुवेदी उत्कृष्ट ठहरिए ।
जागीरे कर्मले कर्मचारी माझ त उत्कृष्ट बनायो नै । सामाजिक उत्तरदायित्व, राज्यको सम्पत्तिमा मितब्यायिता उनको अर्को उज्यालो पक्ष हो । अफिसियल काममा बाहेक फजुल रूपमा सरकारी सवारीको दुरुपयोग कहिले गरेका छैनन् । वनमा यस्ता घुस्याहा, नालायक रेन्जरहरु पनि नभएका होइनन् । कुनैबेला साना उद्धमीहरुलाई तर्साउने, फसाउने अनाहकमा दुस्ख दिने र असुलीको धन्दा चलाउने वन हेरालुदेखि हाकिमहरुको कमी थिएन जिल्ला वन कार्यालय लमजुङ । कर्मचारीको बदनियत कै कारण चरम बिबादित बनेको यो कार्यालयका कर्मचारी कयौं पटक जिल्ला प्रशासनको कालो सूचीमा परेका पनि थिए ।

सुवेदी आफू मात्र उत्कृष्ट कर्मचारी बनेनन जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये आफ्नो कार्यालयलाई पनि उत्कृष्ट बन्न सफल भए । कार्यालय भवन, कार्यालय परिसर सरसफाई, शौचालय व्यवस्थापन, सूचना बोर्ड, नागरिक बडापत्र, खानेपानी व्यवस्थापन, चुस्तदुरुस्त फाइलिङ, आकर्षण हल, फिल्ड गतिविधि, दैनिक सेवा प्रवाह, कर्मचारी अनुशासन जस्ता कुरालाई आधार बनाएर गरिएको मूल्यांकनमा कार्यालय पनि उत्कृष्ट बन्यो।

Advertisement 3

तर सही मान्छे सही ठाउँमा भनेझै एउटा असल नियत बोकेको मान्छेले सहि ठाँउ पायो भने एउटा डाँकु वाल्मीकि बने जस्तै बनाउन सकिने उदाहरण जिल्ला वन कार्यालय लमजुङले देखाएको छ ।

प्रकाशित :२०७९ फाल्गुन २१, आईतवार ०८:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry