सूचनाको हकः अवधारण/परिचय/सिद्धान्त/उद्देश्य/व्यवस्था

जारी गर्यो, भारतमा सूचनाको हकको पूर्ण कार्यान्वयमा ल्याउन Public information Officer, Assistant Public information officer जस्ता व्यवस्था गरिएको छ । बुल्गेरियामा सन 2016 देखि universal access to information का रुपमा रुपान्तरण गरि हरेक वर्षको सेप्टेम्बर 28 लाइ अन्तराष्ट्रिय दिवसको रुपमा मनाउन थालनि भयो ।
सूचनाको हक विश्वब्यापी विकास र विस्तार भएसङ्गै त्यसको सकारात्मक प्रभाव नेपालमा पनि परेको देखिन्छ । सूचनाको हकलाइ संविधानमा सुनिश्चितता गर्ने दक्षिण एसियामा नेपाल पहिलो हो । सर्वप्रथम नेपाल अधिराज्यको संविधान, 2047 को धारा 16 मा मैलिक हक अन्तरगत सूचनाको हकको व्यवस्था गरेको थियो । संवैधानिक विकासक्रम संगसंगै नेपालको अन्तरिम संविधान, 2063 को धारा 27 मा सूचनाको हकलाइ निरन्तरता दिइयो । तत् पश्चात सूचनाको हक सम्बन्धि ऐन, 2064 वि.स. 2064/04/05 गते व्यवस्थापिका संसदबाट प्रमाणीकरण भइ वि.स. 2064 भाद्र 3 गते देखि लागु भयो, सोहि लागु मिति लाइ आधार मानि नेपालमा हरेक बर्ष भाद्र 3 मा राष्ट्रिय सूचना दिवस मनाइने गरिन्छ । सूचनाको हक सम्बन्धि ऐन, 2064 को दफा 11 बमोजिम वि.स. 2065 फागुन 22 गते नेपालमा राष्ट्रिय सूचना आयोग को स्थापना भयो, जसमा एक जना प्रमुख सूचना आयुक्त र अन्य दुइ जना सूचना आयुक्त हुने ब्यबस्था रहेको छ । हाल कार्यान्वयमा रहेको नेपालको संविधान, धारा 27 मा सूचानाको हक लाइ मैलिक हकको रुपमा सुनिश्चित गरिएको छ ।
Advertisement 1
#सूचनाको हको परिचयः-
आफ्नो वा सार्वजनिक महत्वका सूचना सार्वजनिक निकाय बाट माग्न पाउने हक लाइ सूचनाको हक भनिन्छ ।
Advertisement 2
- सूचनाको हक, लोकतान्त्रिक पद्दतिमा सरकारले सञ्चालन गरेको काम कारवाहिलाइ नागरिक समक्ष पुर्याउने माध्यम पनि हो ।
सूचनाको हक सम्बन्धि ऐन, 2064 अनुसार सूचनाको हक भन्नाले,
- सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचना माग्न र पाउने हकलाइ सम्झनु पर्छ
- सार्वजनिक निकायमा रहेको कुनै लिखत सामाग्री वा सो निकायको काम कारवाहीको अध्यान वा अवलोकन गर्ने,
- त्यस्तो लिखत को प्रमाणीत प्रतिलिपि प्राप्त गर्ने,
- सार्वजनिक महत्वका निमार्ण कार्य भइरहेको स्थानको भ्रमण अवलोकन
- कुनै सामाग्री प्रमाणीत नमूमा लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्र माग्ने र पाउने हक लाइ सूचानाको हक भनि परिभाषित गरिएको छ ।
#सूचनाको हकको सिद्धान्तः-
Advertisement 3
- बढी भन्दा बढी प्रकाशनको सिद्धान्त,
- सूचना माथि सरह पहुचको सिद्धान्त,
- सिमित गोपनियता/अपवादको सिद्धान्त,
- सूचना प्रकासनको सिद्धान्त,
- खुल्ला सरकारको सिद्धान्त,
- न्यून लागतको सिद्धान्त,
- सूचनादाता संरक्षणको सिद्धान्त,
- स्वतःस्फूत प्रकाशनको सिद्धान्त,
- कर्तव्य पालनाको सिद्धान्त,
- पारदर्शीताको सिद्धान्त,
- मानव अधिकार र मैलिक हको सिद्धान्त,
- सार्वजनिक उत्तरदायित्वको सिद्धान्त,
# सूचनाको हकको उद्देश्यः
- राज्यका काम कारवाही लोकतान्त्रिक पद्धति अनुरुप खुल्ला र पारदर्शी बनाउनु,
- राज्य वा सरकारलाई नागरिकप्रति जवाफदलेही र जिम्मेवार बनाउनु
- सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वका सूचना आम नागरिकको पहुँचलाइ सरल र सहज बनाउनु
- राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सम्बेदनशील सूचनाको संरक्षण गर्नु
- नागरिकको सुसूचित हुने हकलाई संरक्षण गर्नु
- खुल्ला सरकारको मान्यतालाई सफल बनाउनु
- जनमुखि जनकेन्द्रित शासन ब्यवस्थाको थालनी गर्नु
- गोप्य कार्यशैलिको अन्त्य गर्नु
- नागरिक र सरकारको सम्बन्धमा थप विकास र वस्तार गर्नु
- कानूनी शासन र सुशासनको मन्यतालाई सफलिभूत तुल्याउनु
#नेपालमा सूचनाको हकलाइ कार्यान्वय गर्न गरिएका व्वस्थाहरुः
(क) संवैधानिक व्यवस्थः
- धारा, 27:सूचनाको हक
- धारा, 28:गोपनियताको हक
- धारा, 19 सञ्चारको हक
- धारा, 20:न्याय सम्बन्धि हक (प्रतेक व्यक्तिलाई निज बिरुद्ध गरिएको कारवाहीको जानकारी पाउने हक हुनेछ ।)
- धारा 51:(ख) राजनीतिक तथा शासन सम्बन्धि नीति (आम सञ्चारलाई स्वच्छ, स्वस्थ, निष्षक्ष मर्यादित जिम्मेवार र व्यावसायकि बनाउने)
(ख) कानूनि तथा नीतिगत व्यवस्थाहरु
- सूचनाको हक सम्बन्धि ऐन, 2064 र सो को नियमावली, 2065
- सुशासन व्यवस्थापन तथा संचालन ऐन, 2064 सो को नियमावली, 2065
- आम सञ्चार नीति, 2073
- सूचना तथा सञ्चार प्रविधी नीति, 2072
- सूचनाको हक कार्यान्वय अनुगमन निर्देशिका, 2076 लगायतका कानूनि व्यवस्थाहरु
(ग) संरचनागत व्यवस्थाः
- सञ्चार तथा सूचना प्रविधी मन्त्रालय
- राष्ट्रिय सूचना आयोग
- सूचना विभाग तथा राष्ट्रिय सूचना प्रविधी केन्द्र
- सूचना वर्गीकरण समिति लगायतका संरचनागत व्वयवस्थहरु
(घ) कार्यक्रमागत व्वयस्थाहरु
- नागरिक बडापत्र
- सार्वजनिक सुनुवाई
- सार्वजनिक निकायका वेवसाइट
- प्रतेक कार्यालयमा सूचना अधिकारी
- RTI audit लगायतका कार्यक्रमागत व्यवस्थाहरु
अन्त्यमाः सूचनको हकले शासन व्वस्थालाई जनता प्रति जवाफदेहि, जिम्मेवार र उत्तरदायी बनाउनुको साथै लोकतन्त्र लाई सफलिभूत पार्ने तत्व को रुपमा लिने गरिन्छ । मुलुकका सबै सार्वजनिक निकायले यसको सफल कार्यान्वय गरि मुलुकमा सुशासन कायम गराउन उचित देखिन्छ ।