राजनीतिक हस्तक्षेपविरुद्ध कर्मचारी एकजुट :- निजामती सेवा संरक्षण समूह गठन,संयोजकमा उपसचिव तिवारी

निर्णयकर्तालाई उन्मुक्ति दिने र टिप्पणी उठाउने कर्मचारीलाई फसाउने प्रवृत्ति बढ्न थालेपछि निजामती कर्मचारीहरु जुरमुराउन थालेको छन ।

Advertisement 1

उनीहरूले निजामती सेवा संरक्षण समूह गठन गरी राजनीतिक हस्तक्षेपविरुद्ध आवाज उठाउन थालेका हुन । जस्को संयोजक तोकिएकी छिन्,उपसचिव सिर्जना तिवारी, सह–संयोजकमा स्वतन्त्र निजामती कर्मचारी संगठन अभियानका संयोजक समेत रहेका पशुपति पोखरेल, सोही अभियानसँग जोडिएका विवेक घिमिरे र इन्जिनियर कमलमणि खतिवडा,मनोज न्यौपाने लगायतका कर्मचारीहरु एकजुट भइ निजामती सेवा संरक्षण समूह गठन गरी बहस पैरवी अगाडि बढाउन थालेका हुन ।

उनीहरुले ललिता निवास जग्गा प्रकरणमा राजनीतिक तवरबाट भइरहेको धरपकडको विरोध समेत गरेका छन् । उक्त समूहले संयुक्त वक्तव्य जारी गर्दै कर्मचारीमाथि भइरहेको धरपकडको विरोध गरेका हुन् । यो समूहले भ्रष्टाचारविरुद्धमा बिगुल फुक्नुका साथैं निजामती सेवामाथि हुने सबै खालका प्रहारविरुद्ध ढाल बनेर उभिने जनाइएको छ ।

Advertisement 2

 

निजामती प्रशासनको आमूल सुधारमा निरन्तर पैरवी गर्ने उदेश्यले अभियान शुरु गरिएका अभियन्ताहरु सुनाउँछन् । ललिता निवास जग्गा प्रकरणमा मुख्य निर्णयकर्तालाई छुट दिएर टिप्पणी उठाउनेहरूलाई मात्रै दुःख दिएको भन्दै कर्मचारीमाथिको अस्वाभाविक धरपकड रोकी निर्णय प्रक्रियामा मात्रै रहेका कर्मचारीलाई अविलम्ब थुनामुक्त गर्न माग गर्दै मुख्य निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।

Advertisement 3

उनीहरुकले आफ्नो माग पूरा नभए कडा र चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।

 

प्रकाशित :२०८० श्रावण २, मंगलवार १९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम