लोकसेवाले खोल्यो ठूलो संख्यामा नासुको विज्ञापन

लोकसेवा आयोगले ठूलो संख्यामा नायब सुब्बाका लागि विज्ञापन खुलाएको छ । आयोगले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाबाट पूर्ति गर्नुपर्ने राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) का लागि ठूलो संख्यामा दरखास्त खुलाएको हो । आयोगले प्राविधिकतर्फका सिनियर मेकानिक्स,सर्भेक्षक,इञ्जिनियर,कम्युटर अपरेटर,ओभरसियर,पशु साहायक,पशु प्राविधिक लगायतका ठूलो संख्यामा दरखास्त खुलाएको हो ।

Advertisement 1

ग निजामती सेवा ऐन, २०४९ (चौथो संशोधन) को दफा २४ घ १क तथा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १४ को उपदफा ४ बमोजिम सम्भाव्य उम्मेदवारहरुले लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लेखित विवरण खुलाई मिति २०८०/११/२९ सम्ममा सम्बन्धित बढुवा समितिको सचिवालयमा दरखास्त दिन आयोगले भनेको छ । आयोगले म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । दरखास्त फाराम लोक सेवा आयोगको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2024/02/vaccancy_final_10_24.pdf”]

प्रकाशित :२०८० माघ २४, बुधबार १५:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम