अब सरकारी कर्मचारीलाई खाजा समय आधा घण्टामात्र,बिदाका दिन पनि खुल्नेछन् यी २२ कार्यालय
सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई अबदेखि दैनिक आधा घण्टामात्र कार्यालय समयमा खाजा खाने समय तोकेको छ ।
विहिबार राजपत्रमा सूचना नै प्रकाशन गरेर सरकारी कर्मचारीहरुलाई कार्यालय समयमा दैनिक आधा घण्टामात्र खाने समय निर्धारण गरेको हो ।अबदेखि सरकारी कर्मचारीहरुले मध्यान्ह साढे १ बजेदेखि २ बजेसम्म मात्र कार्यालय खाजाका लागि समय तोकेको हो ।
Advertisement 1
सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सबै कार्यालयले खाजा समय आलोपालो गरी आधा घण्टा मात्र व्यवस्था गर्नुपर्ने जनाइएको छ । साथै खाजा समय कार्यालयको सेवा प्रवाहमा बाधा नपर्ने गरी आलोपालो मिलाई सम्बन्धित कार्यालयले आधा घण्टाको समय तोक्न सक्ने पनि सूचनामा उल्लेख छ ।
यता राजपत्रमै सूचना प्रकाशन गरेर बिदाका दिन पनि २२ वटा सरकारी कार्यालयहरुलाई सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ । सार्वजनिक सेवा भन्नाले नागरिकतासम्बन्धी, राहदानीसम्बन्धी, कन्सुलरसम्बन्धी, भन्सारसम्बन्धी, सवारी व्यवस्थापनसम्बन्धी, मालपोतसम्बन्धीसहितका २२ क्षेत्र तोकिएका छन् ।
२०८०-साल-भरिको-सार्वजनिक-विदा-संम्वन्धी-६५