सामान्य प्रशासन बढुवामा केन्दित :- आजै पाँच सहसचिवसहित दुई उपसचिव बढुवाका लागि सिफारिस

आगामी साता लोकसेवा आयोग पदाधिकारी विहिन हुँदैछ । १० चैत्रदेखि लोकसेवा आयोग रिक्त हुने भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यान चाहिँ ध्यान धमाधम कर्मचारी बढूवामा केन्द्रित हुन थालेको छ । अहिले मन्त्रालयको बढुवा सिफारिस समितिले विभिन्न सेवा समूहमा सहसचिव, उपसचिव र शाखा अधिकृतमा बढुवा सिफारिसको काम गरिरहेको छ । आजै मात्र बढूवा समितिले पाँच सहसचिव र दुइ उपसचिव बढुवाका लागि सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले सहसचिवमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङनका आधारमा र उपसचिवमा कार्यक्षमताको आधारमा बढुवाका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

Advertisement 1


बढुवा समितिको सचिवालय समेत रहेको मन्त्रालयको बढुवा शाखाका अनुसार ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङनका आधारमा सहसचिवमा बढुवा हुनेमा नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूह र सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहमा दुइ(दुइ जना र नेपाल इन्जिनियरिङ समूह, हाइवेको एक जना रहेका छन् ।
उपसचिवमा बढुवाका लागि तीन सय १० जनाले दरखास्त दिएकामा दुई सय ६१ उम्मेदवार कायम भएका थिए । तीमध्ये एक सय २६ जना बढुवाका लागि सिफारिस भइसकेका छन् । सचिवालयका अनुसार कार्यक्षमताको आधारमा उपसचिव बढुवा हुनेमा नेपाल शिक्षा सेवा अन्तरगत पुरातत्व समूहमा एक जना रहेका छन् । कार्यक्षमताकै आधारमा उपसचिवमा नेपाल विविध सेवा अन्तरगत प्रमुख महिला विकास अधिकृतमा पनि एक जना बढुवा भएका छन् ।

प्रकाशित :२०७७ चैत्र ३, मंगलवार १८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry