सात देशमा राजदूत खाली,नियुक्तिको लाइनमा को- को छन् परराष्ट्रका क्याडर ?

परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्तिका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन्। आज राष्ट्रिय सभामा विनियोजित विधेयक २०८० माथि छलफलमा क्रममा परराष्ट मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ बिहीबार दिँदै मन्त्री साउँदले उक्त कुरा बताएका हुन्।

Advertisement 1

हाल स्थायी नियोग न्यूयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, यूएई र कुवेत गरी ७ वटा मुलुकमा राजदूत पद रिक्त रहेका छन्। राजदूतहरुको नियुक्तिमा कम्तीमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाटै नियुक्त गरिँदै आएको छ । यस अघि परराष्ट्रका क्याडर जाने देशमा पनि राजनीतिक नियुक्ति गर्न बालुवाटार र धुम्बाराहीको जोड चलिरहेको बुझिन्छ ।

कार्यकाल सकिएर पनि असार १५ सम्मका निम्ति म्याद थपिएकाहरू फिर्ता हुने क्रम भने चलेको छ । त्यसक्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृत राई अस्ति आइपुगे भने जेनेभाबाट मणि भट्टराईको टिकट १–२ दिनलाई सरेको छ । क्यानाडाबाट भृगु ढुंगाना फर्किएको एक महिना र दुबईबाट कृष्णप्रसाद ढकाल फर्किएको त चार महिना भइसक्यो । बैंककबाट फर्किएर गणेश ढकाल काठमाडौंमै कुर्सीबिहीन अवस्थामा छन् । पेरिसबाट दीपक अधिकारी पनि आइसके । दुर्गा भण्डारी कुवेतबाट मात्रै फर्किएनन्, जागिर पनि सिध्याएर घर गइसके । बेइजिङमा भने डिसिएमका रुपमा सुरेन्द्र यादवलाई पठाउने निर्णय भएको छ ।

Advertisement 2

यसरी कुबेत, दुबईजस्ता अत्यधिक नेपाली श्रमिक आश्रित मुलुकमा राजदूत रिक्त हुँदा अनेकन समस्या आइरहेका छन् । डिसिएमहरू ‘छिटो पठाइदिनुप¥यो’ भनेर कराइरहेका छन् । राजदूतको अभावमा त्यहाँका सरकारी कार्यालयबाट गर्नुपर्ने कामहरू बितिसकेको उनीहरूको भनाइ छ ।

त्यस्तै, सुरेन्द्र थापा, लक्ष्मण खनाल, शरद आरनहरू सहसचिवमा बढुवा हुँदा पनि काम नपाएर बसेका छन् । राजदूत पाइएला भन्दाभन्दै राष्ट्रपति कार्यालयका सहसचिव खड्ग दाहाल गत हप्ता घर गए । त्यहाँ सुरेन्द्र थापालाई जान भनिए पनि उनले मानेका छैनन् । खासमा राजदूत नियुक्ति प्रक्रिया सात–आठ महिनाअघिबाटै शुरु हुनुपर्ने थियो । तर, यहीँ रहेका १३ सहसचिव बरण्डामा थुप्रिएका छन् । पद रिक्त हुनु तीन महिनाअघि नै नयाँ राजदूत सिफारिश भैसक्नुपर्ने निर्देशिका त छ । तर, उक्त निर्देशिका कार्यान्वयन हुनुको सट्टा उल्टै आफ्नालागि आफैं कार्यविधि बनाएर मुख्यसचिव राष्ट्रिय सुरक्षा सल्लाहकार हुन गएका छन् ।

प्रकाशित :२०८० असार २८, बिहीबार १४:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry