बारम्बार पेलानमा परेपछि सचिव थपलियाले दिए राजीनामा

पूर्व मन्त्रीदेखि मुख्य सचिव शंकरदास बैरागीसम्मबाट पेलानमा परेका रामप्रसाद थपलियाले जागिरबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामालाई मंगलबारको क्याविनेट बैठकले स्वीकृत गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव राम प्रसाद थपलियाले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।
Advertisement 1
विभिन्न आठ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी चलाइसकेका थपलियालाई पछिल्ला मुख्य सचिव तथा उनका क्लास मेट शंकरदास बैरागीको पेलानमा परेका थिए । त्यही पेलानमा परेरै उनलाई भूमि सुधार मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको थियो र चार महिनासम्म जगेडामा थन्काइएको थियो ।
सरकारका एक जना सचिवमाथि भएको पूर्वाग्रह र ज्यातदतीविरुद्ध पूर्व मुख्य सचिव विमल कोइरालाले सामाजिक सञ्जालमा असन्तृष्टि पोखेपछि तत्कालै उनलाई राष्ट्रिय तथ्यांक विभागको प्रमुख तथ्यांक अधिकृत (सचिव)का रुपमा खटाइएको थियो गत चैत्र २ चैत्रदेखि त्यहाँ हाजिर त भएका थिए । २ चैत्रदेखि त्यहाँ हाजिर भएका उनले पहिलो तथ्यांक सचिवका रुपमा तीन महिना गुजारेर पदबाट राजीनामा दिएका हुन ।
०४३ बैशाख ८ गते थपलियाले हुलाक सेवामा निजामतीमा पाइला राखेका थपलिया जिम्मेवारीमा रहँदा आठ वटा जिल्लाको सिडिओ,पुर्ननिर्माण प्राधिकरण,कर्णाली प्रदेशको प्रमुखको सचिवको जिम्मेवारी निर्वाह गरे । शिक्षामा ११ महिना चलाएका उनलाई भूमिबाट तानेर प्रधानमन्त्री कार्यालयमा चार महिनासम्म जगेडामा थन्काइयो र तीन महिनाअघि राष्ट्रिय तथ्याङ्क कार्यालय थन्काइएको थियो । अनिवार्य अवकाश पाउनुअघि नै राजीनामा गरेको खण्डमा पेन्सन सुविधा बढी लिन पाइने व्यवस्था छ ।