भाषाविद् डा बन्धु सम्मानित

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागले नेपाली साहित्य, लोकसाहित्य तथा भाषा–व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका प्रा डा चूडामणि बन्धुलाई सम्मान गरेको छ।
Advertisement 1
विभागको ६७औँ स्थापना दिवसका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले प्रा डा बन्धुलाई सम्मान गरेका हन्। नेपाली साहित्य, लोकसाहित्य तथा भाषा–व्याकरणको अध्ययन, अनुसन्धान र प्रवद्र्धनमा डा बन्धुले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको विभागका प्रमुख प्रा डा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए।
सो अवसरमा विभागबाट सेवा निवृत्त पूर्व विभागीय प्रमुखद्वय प्रा डा कृष्णप्रसाद घिमिरे र प्रा डा खगेन्द्रप्रसाद लुइँटेल तथा प्रा डा भरतकुमार भट्टराईलाई बिदाइ सम्मान गरिएको थियो।
Advertisement 2
कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, पूर्व विभागीय प्रमुख प्रा डा दयाराम श्रेष्ठ, भाषाविद् प्रा डा माधवप्रसाद पोखरेललगायत विभिन्न विभागका विभागीय प्रमुखको उपस्थिति थियो।








