बीमा प्राधिकरणले माग्यो ३६ कर्मचारी (विज्ञापनसहित)
नेपाल बीमा प्राधिकरणमा विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो। प्राधिकरणले आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा ३६ जना कर्मचारी भर्ना गर्न लागेको छ।
Advertisement 1
प्राधिकरणले सहायक प्रथममा १० जना तथा प्रशासन कानुन, चार्टर्ड अकाउन्टेन्ट र सूचना प्रविधितर्फ सहायक निर्देशक पदमा क्रमशः १५ जना, २ जना, ३ जना र १ जना कर्मचारी पदपूर्ति गर्ने भएको छ।
यसैगरी प्रशासन, चार्टर्ड अकाउन्टेन्ट र सूचना प्रविधितर्फ उपनिर्देशक पदमा क्रमशः ३ जना, १ जना र १ जना कर्मचारी भर्ना गर्न प्राधिकरणले दरखास्त आह्वान गरेको छ।
इच्छुक उम्मेदवारले आउँदो पुस २४ गतेसम्म र दोब्बर दस्तुर तिरी माघ २ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दरखास्त अनलाइनबाट दिनुपर्नेछ ।