मन्त्रीको निधनमा बुधबार प्रदेशभर शोक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो ।

Advertisement 1

उक्त दिन सुदूरपश्चिम प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायहरूमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सरकारी कामको सिलसिलामा मंगलबार दिउँसो डडेलधुरा जिल्लाबाट बझाङ जिल्ला जाने क्रममा बझाङको केदारस्यूँ गाउँपालिका १ जुवालीखेत, देउरामा मन्त्री सिंह सहित ५ जना सवार सु.प. प्र. ००१ झ. ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो।

Advertisement 2

मन्त्री सिंहका अङ्गरक्षक ३५ वर्षीय दीपक भण्डारी र गाडी चालक ३५ वर्षीय धर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ।

प्रकाशित :२०८० असार ६, बुधबार ०८:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry