ऐतिहासिक उपलव्धी भएका छन्,अन्य कुरा गौण हुन्
प्रकाश जोशीले नापी विभागको कमाण्ड सम्हालेकै समयमा नापी विभागले कालापानी,लिपुलेक,लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा सार्वजनिक गर्नेदेखि आफ्नै पहलमा विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाप लिने काम भएको छ । यही कारण अहिले कर्मचारीवृत्तमा उनको चर्चा र परिचर्चा छ । उनै महानिर्देशक जोशीसँग कर्मचारी डटकमका प्रतिनिधि महेश्वर गजुरेलले केही जिज्ञासा राखेका छन् :-
तपाई सुधारवादी प्रशासक,तपाईकै कार्यकालमा नेपालको नयाँ नक्सा जारी गर्नेदेखि सगरमाथा आफ्नै पहलमा नाप्ने काम भएको छ । कसरी सम्भव भयो यी काम ?
पहिला त म यहाँ आएपछि के कस्ता सुधारका प्रयत्न भए भन्ने बारे चर्चा गर्छु । हामीले कित्ता नापीको काम गर्छौं, भौगोलीक सूचनाको उत्पादन, व्यवस्थापन र वितरण गर्नेदेखि त्यसलाई डिजिटलाइज गर्ने काम पन हाम्रै काँधमा छ । यस्का अलवा विकास निमार्णका लागि आवश्यक पर्ने विभिन्न किसिमका नक्साहरु तयार गर्ने हाम्रो जिम्मेवारीभित्रै पर्दछ । विभिन्न समयमा भएको नापलाई एकरुपता दिन नाप नक्सा समितिको सचिवालयको रुपमा काम गर्दै आएका छौं । मेरो लागि सौभाग्यको कुरा हो कि मेरै कार्यकालमा यी काम तमाम भए । जस्तो ः सगरमाथाको उचाइ आफ्नै स्रोत साधनमा मापन गर्ने काम । हाम्रा लागि चुनौतिपूर्ण कामथ्यो । इतिहास पल्टाउने हो भने विभिन्न देशले धेरै पटक सगरमाथाको मापन गरिसकेका छन् । सन् १९८० भन्दा अघि परम्परागत विधिबाटै मापन हुन्थ्यो । यस्तै इटाली, अमेरिका, चीनसहितले आधुनिक प्रविधि अवलम्बव गरी मापन गरेको भेटिन्छ तर ती मापन हुँदा सर्भेयर आफैँ गएका थिएनन् । यो पटक सर्भेयर आफैँ सहभागी भएका कारण अझैं विश्वसनीय बन्यो । नेपालको ऐतिहासिक रेकर्ड कायम भयो । पहिलोपटक सर्भेयरहरूको पाइला सगरमाथामा परेको पनि नेपालीकै हो । नेपालको नाप नक्साको इतिहासमा एउटा कोसेढुंगा मान्न सकिन्छ । यस्तै नेपालको नयाँ नक्सा जारी गर्न पनि हामीलाई चुनौतीपूर्ण थियो । यो एउटा राजनीतिक बिषय । एकाघरको दाजुभाइबीच सानो टुक्रा जग्गाको भागबण्डामा ठूलो द्धन्द भएको देखिएको छ यो त दुई फरक राष्ट्रबीचको बिषय । विवाद उठ्नु सामान्य नै हो । जहाँसम्म लाग्छ यो बिषयमा छिट्टै समाधान हुन्छ ।
कसरी सफल भयो सगरमाथाको उचाई आफ्नै पहलमा मापन ?
हाम्रा यन्त्र, उपकरण निकै महँगा र संवेदनशील थिए । पातलो पञ्जा लगाएर या खाली हातमा काम गर्नुपर्ने भएकाले निकै चुनौतीपूर्ण फेरि चुचुरामा सामान्यतया १०÷१५ मिनेट मात्र रहन सक्छन् साधारण आरोहीहरू हामीलाई त्यति छुट थिएन् कारण छोटो समयको डाटाले हाम्रो नापी विभागको शुद्धतालाई समेट्न सकिँदैनथ्यो, त्यसकारण लामो सचुचुरोमा बसेर लामो अवधिको तथ्याङ्क लिनसक्नु पर्दथ्यो । उचाइ मापनका लागि जति धेरै अवधिको तथ्याङ्क लिन सकियो, त्यति नै शुद्ध उचाइ गणना गर्न सकिने भएकाले नापी विभागले धेरै परिशुद्ध उचाइ मापन गरेको छ भनेर हामी दावा गर्न सक्छौं । चुचुरामा धेरै समय बिताउँदा साथीहरुको खुट्टाको एउटा औँला नै हिउँले खाएको थियो यो ऐतिहासिक कार्यको मैदानमा अरु कुरा गौण बने । नेपालले सन् २०१९ मा सर्भेयरकै नेतृत्वमा समिट उचाइ मापन गर्नका लागि अब्जरभेशन टोली पठाएपछि त्यसको ३७० दिनपछि मात्र चीनले सर्भेयरहरुसमेतको टोली सर्भेका लागि चुचुरामा पठाएको हो । चीनले मापन गरेको तथ्याङ्कसँग तुलना गरेर हेर्दासमेत एउटै उचाइ आउन गई एउटै अङ्क घोषणा हुनुले समेत यसको थप आधिकारिकता पुष्टि हुन गएको छ ।
Advertisement 1
सगरमाथाको मापनको बारेमा सर्वसाधारणले बुझ्ने भाषामा बताइदिनुहोस न ?
कुनै पनि स्थानको उचाइ मापन भन्नाले सो उचाईको मापन कहाँबाट भएको हो भन्ने कुराले महत्वपुर्ण अर्थ राख्छ, जस्तै कुनै मान्छेको उचाइ भन्नाले पैतालाको तल्लो भागदेखि टुप्पीसम्मको ठाडो भागको मापनलाई बुझ्न पर्यो । मापन गर्नुभन्दा अगाडि उचाइ मापन गर्ने निश्चित आधार सतह निर्धारण गरिन्छ, जसलाई आधार सतह भनिन्छ ।
नापनक्शा विज्ञानमा सामान्यतया समुद्री सतहका आधारमा उचाइ मापन गर्ने गरिन्छ तर हाम्रो देश भूपरिवेष्टित । हामीसँग समुद्र छैन, त्यसैले नेपालले सबैभन्दा नजीकको समुद्री सतह बङ्गालको खाडीलाई आधारलाई सतह मान्दै आएको छ । उचाइ मापनमा सामान्यतया दुई विधिहरु हुन्छन्, त्यसलाई हामी सरल भाषामा परम्परागत विधि र आधुनिक विधि भनेर भन्छौँ । परम्परागत विधिमा कुनै स्थानको उचाइ मापन गर्नका लागि चुचुरामा पुग्नु आवश्यक हुंँदैन तर आधुनिक विधिबाट काम गर्दा भने चुचुरामा यन्त्र, उपकरणसहित पुग्नुुपर्ने हुन्छ । आधुनिक विधिमा कृत्रिम भूउपग्रहको मद्दतबाट कुनै पनि उचाइ आवश्यक रहेको स्थानमा भूउपग्रहका सूचना सङ्कलन गर्न सक्ने खालको यन्त्र जडान गरिन्छ र उक्त यन्त्रले रेकर्ड गरेको कच्चा तथ्याङ्कहरूलाई अन्य वरिपरि रहेका आधार विन्दुहरूमा राखिएको यस्तै यन्त्रहरूले रेकर्ड गरेको मापनका आधारमा उक्त स्थानको अवस्थिति र उचाइ पत्ता लगाइन्छ ।
यसभन्दा अगाडि धेरैले आधुनिक विधि नै प्रयोग गरेर नापेको भनेका छन् । हाम्रो मापन नै अन्तिम र आधिकारिक मान्ने आधार के ?
मापनमा सधैँ एउटै भ्यालु हुन्छ र एकुरेट हुन्छ भन्ने हुँदैन । भूकम्प, भौगर्भिक हलचल, वातावरणीय परिवर्तनसहतिको प्राकृतिक कारणले गर्दा हिमालको उचाइँमा कहिलेकाहीँ तलमाथि पर्ने हुन्छ तर त्यो नगन्य मात्रामा परिवर्तन भइरहेको हुनसक्छ । पहिलो पटक सर्भेयर आफैँ त्यहाँ पुगेका छन् र उनीहरुले प्रक्रिया पूरा गरेर मापन गरेका छन् । यसअघि अमेरिकन टोलीले यसैगरी मापन गर्न खोज्यो तर सर्भेयरलाई चुचुरोमा पठाउन सकेनन् । सर्भेयर आफैँ जान समस्या भयो । सफल भएनन् । नापी विभागले आफ्ना सर्भेयरलाई सगरमाथाको चुचुरोमा पठाएपछि सन् २०२० मा चीनलसमेत सर्भेयरलाई आफैँ चुचुरोमा पु¥याएर मापन गरेको छ । यसका लागि दुवै देशकले एउटै विधि अपनाएका हुन् । भूकम्पपछि भने नेपालले अग्रसरता लिएको हो । सगरमाथाभन्दा उत्तरतर्फको भाग चीनतर्फ पर्छ । उत्तरतर्फको क्षेत्र चीनको अधिकार क्षेत्रभित्र पर्ने भएका कारण हामीले कार्यक्रम अगाडि बढाएपछि चीनले पनि सगरमाथा मापन गर्ने कार्य गरेको हो । नेपाल र चीन दुवै देशले सगरमाथा मापन गरेर र संयुक्त रूपमा उचाइँ घोषणा गरेका हुन् ।
हामीले कालापानी,लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्न सफल भयौं तर पाठ्यपुस्तकमा नयाँ नक्सा राखिएको देखिदैन् । कहाँबाट के कमजोरी भएको हो ?
प्रविधिक काम हामीले सम्पन्न गरेका हौं । यसका लागि हाम्रो तर्फबाट धेरै मेहेनत भएको छ । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर हामीले सार्वजनिक गर्यौं सो काम निकै चुनौतीपूर्ण रह्यो । नयाँ नक्सा जारी भएसँगै राजपत्राकंमा प्रकाशन भयो र कार्यन्वयनको चरणमा गयो । नयाँ जक्सा जारी हुनुपूर्व नै शैक्षिक सत्र लागू भइसकेको र पाठ्यपुस्तक प्रकाशन भइसकेका कारण यो शैंक्षिक सत्रमा सबै तहका पाठ्यपुस्तकमा नयाँ नक्सा प्रकाशन नभएको हुनसक्छ । आशा छ नयाँ नक्सा आगामी बर्षदेखि पाठ्यपुस्तकमा छापिएर आउनेछ ।
बाह्य सुधार त तपाईले आक्रमक रुपमै गर्नुभएको छ तर तपाईहरुकै कार्यलयमा आवश्यकभन्दा बढी करार कर्मचारी थुपारिएको छ । यस्को व्यवस्थापन कसरी गर्नुहुन्छ ?
नापी विभागले धेरै काम गर्दछन् । सर्वेयरदेखि अन्य काम । यी काम गर्नका लागि अन्य कार्यलयमा जस्तो थोरै कर्मचारीले पुग्दैन् । हरेक ठाँउमा पुग्नु पर्ने हुन्छ । त्यसैले हाम्रोमा धेरै नै करारका कर्मचारीहरु रहेको देखिन्छ ।
०००