आलुखेती गर्ने कञ्चनपुरका किसानलाई मौसमकै चिन्ता

कञ्चनपुर। मौसममा आएको परिवर्तनका कारण यहाँका आलुखेती गर्दै आएका किसानलाई समस्या परेको छ। आलु रोप्ने चटारोमा रहेका किसानले ३ दिनदेखि आकाशमा बादल लागेर पानी पर्ने जस्तो मौसम भएपछि आलु रोप्न नपाएका हुन्। आलु रोपेका किसानलाई पनि वर्षा भए बिग्रने चिन्ताले सताउन थालेको छ।

Advertisement 1

बेदकोट नगरपालिका–१ का किसान गोपाल रानाले ३ दिनअघिमात्र ५ कठ्ठामा आलु रोपेको बताए। “वर्षा होलाजस्तै छ”, उनले भने, “वर्षा भए रोपेको आलुको बीउ नै कुहिने डर छ, निकै चिन्तित छौँ, वर्षा भए रोपेको आलु त बिग्रिन्छ नै, रोप्नका लागि ठिक्क पारिएको खेतमा पानी जम्ने भएकाले खेती गर्न ढिलो हँुदा उत्पादनमा असर पर्छ।” वर्षा भए खेतमा पानी जम्ने, आलुको बीउ उम्रिन ढिलो हुने र रोग कीरा बढ्ने समस्या हुनसक्ने कृषि प्राविधिक सन्तोषबहादुर सिंहले बताए।

कञ्चनपुरमा आलु प्रमुख नगदे बालीका रूपमा रहेको छ। पछिल्ला वर्षहरूमा अनियमित वर्षा र जलवायु परिवर्तनका कारण किसानले समस्या भोग्दै आएका छन्। सिँचाइ प्रणालीमा सुधार र मौसमअनुकूल प्रविधि अपनाउन सकेमात्र आलुलगायतका तरकारी उत्पादनलाई व्यवस्थित बनाउन सकिने कृषि विज्ञहरूको भनाइ छ।

प्रकाशित :२०८२ कार्तिक १२, बुधबार १६:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry