१५ दिनभित्र कर्मचारी दरबन्दी पठाउन सामान्यको पत्राचार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरेको छ।

Advertisement 1

सोमबार मन्त्रालयले सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई १५ दिन भित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरेको हो। राजपत्रांकित र राजपत्र अनंकितको छुट्टाछुट्टै विवरण पठाउन परिपत्रमा भनिएको छ।

ढाँचा अनुसार कार्यरत कर्मचारीको नाम, कर्मचारी संकेत नम्बर, पद, सेवा–समूह–श्रेणी, सम्बन्धित कार्यालयमा सरुवा भएर आएको मिति, हालको कार्यालयमा कार्यरत अवधि, दरबन्दी–फाजिल, रिक्त संख्या र कैफियतसहितको विवरण भर्नु पर्ने छ ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/06/Notices-20230613143046407.pdf”]

 

प्रकाशित :२०८० जेठ ३० गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]