अख्तियारको विधेयकमा चेम्बरको विरोध

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानुन संशोधन गर्न लागिएकोप्रति नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको छ ।

Advertisement 1

निजी क्षेत्रमा नियमन गर्ने सम्वन्धित निकायहरु हुँदा हुँदै थप अख्तियारको क्षेत्राधिकार भित्र पार्न खोज्दा वेथिति बढ्ने र उद्योगी व्यवसायीहरु हतोत्साही हुने चेम्बरले जनाएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्था समावेश गरी राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा पठाएकोप्रति चेम्बरको गम्भिर असहमति रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रमा समेत अनुसन्धान गर्न सक्ने प्रस्तावित व्यवस्थाले निजी क्षेत्रको कार्यक्षमतामा ह्रासका साथै बैदेशिक लगानी समेत प्रभावित हुने देखिन्छ । विधेयकमा उल्लेखित व्यवस्थाले व्यवसायिक निर्णय लिन कठिन हुने अवस्था सिर्जना हुन्छ, ।’

Advertisement 2

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक उत्पत्ति हुँदा त्यस्तो व्यवस्था नभएको चेम्बरले स्पष्ट रुपमा ध्यानाकर्षण गराएको छ । चेम्बरद्धरा जारी विज्ञप्तिमा भनिएको छ,‘अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्था समावेश गरी राष्ट्रियसभाबाट प्रतिनिधीसभामा पठाएको प्रति चेम्बरको गम्भिर असहमति छ,।’

निजी क्षेत्रमा नियमन गर्ने निकायहरु हुँदाहुँदै अख्तियारको क्षेत्राधिकार भित्र पार्न खोज्दा वेथिति बढ्ने र उद्योगी व्यवसायीहरु हतोत्साही हुने चेम्बरको ठहर छ ।

प्रकाशित :२०८० बैशाख १०, आईतवार ११:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम