राष्ट्रपति कार्यालयका कर्मचारी दरबन्दी कटौती:- राष्ट्रपतिका विज्ञ र कर्मचारीको जम्बो टोली भने यथावत्
प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएसँगै राष्ट्रपति कार्यालयमा पनि कर्मचारी दरबन्दी कटौतीको तयारी गरिने भएको छ । गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘राष्ट्रपतिको कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने निर्णय’ गरे बमोजिम निजामतीतर्फका कर्मचारीको दरबन्दी घटाउन लागिएको हो । तर राष्ट्रपतिका विज्ञ र कर्मचारीको जम्बो टोली भने यथावत् हुने छन् ।
Advertisement 1
कार्यालयमा हाल सचिवदेखि कार्यालय सहायकसम्म ६८ दरबन्दी कायम छ । त्यसलाई ६० को संख्यासम्म घटाउने गरी तयारी भइरहेको छ । राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, व्यवस्थापन महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद लम्साल, उपसचिव बसन्तप्रसाद पन्थी र अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका एक एक सदस्य रहेको पाँच सदस्यीय समितिले संगठन र व्यवस्थापन सर्वेक्षण गरिरहेको छ ।
Advertisement 2