अब हरेक स्थानीय तहले लोक सेवा कक्षा सञ्चालन गर्नुपर्ने (परिपत्रसहित)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमै लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने परिपत्र गरेको छ ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको मन्त्रीस्तरीय निर्णय गर्दै गरिएको परिपत्रमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहलाई परिपत्र गरिएको हो ।
मन्त्रालयका अधिकृत चिरञ्जिवी नेपालद्धारा गरिएको परिपत्रमा समावेशीको सिद्धान्त अवलम्वन गरिएको भए पनि विभिन्न प्रतिवेदनहरुले आर्थिक समाजिक रुपमा पछाडि परेका वर्ग तथा समुदायको सार्वजनिक सेवामा अपेक्षित प्रतिनिधित्व हुन नसेको उल्लेख गर्दै राज्यले लिएको आरक्षण तथा सकरात्मक विभेद सम्बन्धी नीतिको कार्यन्वयन गरी पछाडि परेका वर्ग र समुदायलाई नागरिक राज्यको मूल प्रवाहमा समाहित गराउँदै राज्यप्रतिको अपनत्व गराउनु तिनै सरकारको दायित्व अन्तरगत पर्ने हुँदा निजामती सेवालगायतका सार्वजनिक सेवामा प्रवेशका लागि प्रतिस्पर्धी बन्न आवश्यक पर्ने क्षमता विकासका लागि स्थानीय तहले आफ्नो स्रोत साधनको अधिकतम उपयोग गर्दै आफ्नो वार्षिक बजेट, नीति तथा कार्यक्रम मार्फत समाजका हरेक वर्ग र समुदायको पहुँच बढाउन महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएको व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपमा विपन्न खस आर्यलगायत सहिद, बेपत्ता, द्वन्द्व पीडित परिवारसमेतलाई लक्षित गरी अभियानको रूपमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था हुन निर्णयानुशार अनुरोध छ भनिएको छ ।
Advertisement 2