देशभरका प्रमुख प्रशासकीय अधिकृतलाई सामान्यकाे १८ बुँदे निर्देशन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुका लागि १८ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कार्यसम्पादन तथा व्यवस्थापनका विषयमा निर्देशन जारी गरेका हुन् ।
Advertisement 1
बेरुजु फर्छ्यौट गर्ने, बजेटको रकमान्तर गर्दा कानुनी सीमाभित्र रहेर गर्ने, सार्वजनिक खरिद नियमावलीको पालना गर्ने, स्वीकृत दरबन्दीको रिक्त पदबाहेक सरुवाको सहमति नदिने मुख्य निर्देशन रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृतले कार्यसम्पादन र व्यवस्थापन आगामी दिनमा विशेष ध्यान दिनुपर्ने, संघीय / प्रादेशिक कानून तथा प्रचलित व्यवस्थाको प्रतिकूल नहुने गरी प्रदत्त राजश्व अधिकारको पूर्ण उपयोग मार्फत स्थानीय स्रोतको परिचालनलाई प्रभावकारी बनाउने, स्थानीय तहको स्वीकृत वार्षिक कार्यक्रमको संशोधन तथा विनियोजित बजेटको रकमान्तर गर्दा प्रचलित कानून वमोजिमको प्रक्रिया पूरा गरी तोकिएको सीमा भित्र रही गर्ने/गराउने, स्थानीय तहमा खरिद सम्बन्धी कार्य गर्दा प्रतिस्पर्धा र पारदर्शिता कायम हुने गरी सार्वजनिक खरिद ऐनरनियमावलीको अनिवार्य पालना गर्ने, व्यवस्थापन परीक्षण निर्देशिका, २०७९ लाई मार्गदर्शकको रुपमा लिई आफू कार्यरत स्थानीय तहको व्यवस्थापन परीक्षण नियमित रुपमा गर्नेरगराउने तथा सोको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने भन्दै मन्त्रालयका सचिव कृष्णहरि पुष्करले निर्देशन जारी गरेका हुन् ।
Advertisement 2
हेर्नुहोस् निर्देशन
MOFAGA_Notice_20230314092707