ज्योति विकास बैंकद्वारा कर्णालीका दुर्गम तथा ग्रामीण क्षेत्रका पाँच स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखेर कर्णाली प्रदेशका पाँच विभिन्न स्वास्थ्य चौकीमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । यस अन्तर्गत बैंकले जुम्ला, कालीकोट, मुगु र दैलेख जिल्लास्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई उक्त उपकरण उपलब्ध गराएको हो ।

Advertisement 1

हाइपोथर्मियाको कारण नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवनरक्षा गर्न विभिन्न स्वास्थ्य चौकीमा बैंकले उक्त मेसिन जडान गरेको बैंकले जनाएको छ । हालसम्म विभिन्न चरण गरी देशका विभिन्न ठाउँमा ४३ वटा बेवी वार्मर प्रदान गरेको बैंकले यस चरणमा भौगोलिक रूपले विकट क्षेत्रमा उक्त उपकरण जडान गरेको हो ।

विशेष गरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र त्यसै कारण नवजात शिशुको जीवन जोखिममा पर्ने गरेको समस्यालाई ध्यान दिएर उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्वपूर्ण उपकरण उक्त स्वास्थ्य संस्थामा प्रदान गरिएको बैंकले जनाएको छ । हाइपोथर्मिया पश्चात् जीवन जोखिम र उपचारको लागि दुई दिन लाग्ने गरी कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यतालाई उक्त उपकरणले निर्मूल गर्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Advertisement 2

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्नका लागि स्थापना गरेको ूहाम्रो विकास प्रवर्द्धन कोष” मार्फत मेसिन प्रदान गरेको हो । मेसिन जडानपछि जुम्लाको कनकासुन्दरी गाउँपालिका तीन स्थित विराट स्वास्थ्य चौकी, कालीकोटको तिलागुफा नगरपालिका नौ स्थित स्वास्थ्य चौकी (चिल्खाया), मुगुको छाँयानाथ रारा नगरपालिका अन्तर्गतको गुम स्वास्थ्य चौकी, दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका दुई स्थित लाँकुरी स्वास्थ्य चौकी र डुङ्गेश्वर गाउँपालिका चार अवलपराजुलस्थित डुङ्गेश्वर आधारभूत स्वास्थ्य तथा सरसफाई सेवा केन्द्रको बर्थिङ सेन्टरमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

अस्पतालमा आयोजित कार्यक्रममा बैंकका विभिन्न पदाधिकारीबाट उक्त स्वास्थ्य चौकीका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीको उपस्थितिका बिच बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । साथै, सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो । उपकरण जडानको साथै त्यसको उच्चतम सदुपयोग निश्चित गर्न बैंकले विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ ।

Advertisement 3

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको जनाइएको छ । ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

प्रकाशित :२०८१ जेष्ठ ८, मंगलवार २२:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry