प्रशासनविज्ञ सूचीकृत गर्दै सामान्य प्रशासन मन्त्रालय

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासनविज्ञ बर्गीकरण गर्ने भएको छ । प्रशासन क्षेत्रको कामलाई प्रभावकारी रुपमा सम्पादन गर्न आवश्यक सल्लाह र सुझावका लागि प्रशासनविज्ञको सूचीकृत गर्न लागेको हो । प्रशासन क्षेत्रमा अध्ययन र अनुसन्धान गर्दै सरकारलाई सुझाव दिनका लागि प्रशासनविज्ञ सूचीकृत गर्न लागिएको हो । मन्त्रालयले माघ १७ गतेदेखि आगामी फागुन १८ गतेभित्र विवरण उपलब्ध गराउन भनेको छ । जसमा सार्वजनिक निकायबाट सह सचिवस्तरको सेवाबाट अवकाश पाएका कर्मचारीहरुले आवेदन दिनसक्नेछन् ।

Advertisement 1

Notices-2022013115450529

सामान्यद्धारा जारी सूचनामा भनिएको छ, प्रशासन सुधारको क्षेत्रमा आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रम, अध्ययन तथा अनुसन्धानको लागि प्रशासनविद् विज्ञहरुको सूची तयार गर्न लागेको जनाइएको छ । विश्वविद्यालयबाट जननप्रशासन,नीति व्यवस्थापनमा स्नातकोत्तर वा सो भन्दा माथि शैक्षिक योग्यता भएका,सात बर्ष विभिन्न संघ संस्थामा काम गरेका,प्रशासनसँग सम्बन्धित पुस्तक प्रकाशन तथा अनुसन्धानमुलक लेख प्रकाशन गरेको व्यक्तिलाई प्रशासनविज्ञ मानिने सामान्य प्रशासनले जनाएको छ ।

प्रकाशित :२०७८ फाल्गुन १, आईतवार १३:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry