कार्यालयको सोफामा हाकिम दिउँसै लम्पसार

कपिलवस्तुको एउटा कार्यालयका प्रमुख आफ्नै कार्यकक्षको सोफामा मस्तसँग निदाउने गरेका छन् । सडक पूर्वाधार विकास कार्यालय, कपिलवस्तुका हाकिम हरिप्रसाद पौडेल कार्यकक्षमा सुतिरहेको अवस्थामा भेटिएका छन् ।
Advertisement 1
आज दिउँसो २ बजेको समयमा उनी सोफामा मस्त सुतिरहेका थिए । कार्यालयमा कार्यरत एक कर्मचारीले प्रमुखको कार्यकक्षमा राखिएको सोफामा मस्त सुतिरहेको तस्बिर खिच्दा पनि उनी नउठेपछि हल्लिखल्ली मच्चिएको बताइन्छ ।
यसअघि पनि प्रायः दिउँसोको समयमा कार्यालय प्रमुख पौडेल कार्यकक्षमा नभेटिने वा कार्यालयमा हुँदासमेत फोन नउठाउने भन्दै व्यापक जनगुनासो सुनिँदै आएको त्यहाँका कर्मचारीले बताए ।
									
										प्रकाशित  :२०७९ माघ १६, सोमबार ०४:०९																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

