मोटरसाइकल दुर्घटनामा परेका अधिकृतको गयो ज्यान

मोटरसाइकल दुर्घटनामा परी एक अधिकृतको ज्यान गएको छ ।
Advertisement 1
प्रदेश एकका प्रदेशसभा सचिवालयका अधिकृत प्रेमबहादुर श्रेष्ठको ज्यान गएको हो । मोटरसाइकलमा धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ जाने क्रममा श्रेष्ठ दुर्घटनामा परेका थिए।
श्रेष्ठ सवार मोटरसाइकल र विपरित दिशाबाट आएको मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएको थियो । कोसी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–३ स्थित ढाटमा भएको दुर्घटनामा परेको थियो ।
Advertisement 2
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
									
										प्रकाशित  :२०७९ माघ १२, बिहीबार १२:४०																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                