अख्तियारको प्रतिवेदन भन्छ :-नासु तहका कर्मचारी सबैभन्दा भ्रष्ट -घुस्याहा

कार्यालयको ढोका र भ¥याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न’ लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने ।टंगालस्थित अख्तियारमा दर्ज भएका उजुरी खोतल्दा कर्मचारीमा घुस खोज्ने प्रवृत्ति झन् मौलाउँदो छ । गत आवमा घुस र रिसवतसम्बन्धी ३२ वटा मुद्धामा विभिन्न क्षेत्रमा कार्यरत ३० जना राष्ट्रसेवक डामिएका छन् । कर्मचारीले १ हजारदेखि ५० लाखसम्म घुस मागेको उजुरीउपर अख्तियारले पछ्याउँदा ती  ३० राष्ट्रसेवक फन्दामा परेका हुन् ।

Advertisement 1

सबैभन्दा घुस्याहा प्राविधिक र त्यसमा पनि नायब सुब्बा तहका कर्मचारी रहेको उस्को प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रशासन सेवाका १२ जना कर्मचारी डामिँदा १४ प्राविधिकतर्फका छन् । २ बर्दिवाला पनि घुस्याहामा दर्ज भएका छन् । २ शिक्षकविरुद्ध घुस्याहा भएको भन्दै मुद्धा चलाइएकोमा निर्वाचित वा मनोनित ८ जना र सबैभन्दा धेरै विचौलिया १४ जना उपर मुद्धा चलाइएको छ ।

Advertisement 2

घुस लिनेमा निजामती प्रशासनतर्फ सम्भावना बोकेका शाखा अधिकृत वा सो सरहका ७ जना, नासु वा सो सरहका १७ जना,खरिदार वा सो सरहका ५,सहायक कर्मचारी १,मतियार वा विचौलिया १४ र निर्वाचित जनप्रतिनिधि ८ जना रहेका छन् ।

Advertisement 3

अघिल्लो वर्ष सम्पत्तिको स्रोत देखाउन नसक्दा अख्तियारले विशेष अदालतमा ५३ कर्मचारीविरुद्ध मुद्दा दर्ज गरेको छ । ती कर्मचारीले आर्जन गरेको र स्रोत देखाउन नसकेको रकमले एउटा परियोजना बन्न सक्छ । उनीहरूले एक अर्ब १० करोड आम्दानीको स्रोत देखाउन सकेका छैनन् ।


यस्तै गत आर्थिक बर्षमा मात्र १९ जना कर्मचारीले २३ करोडको सम्पत्तिको स्रोत देखाउन नसकेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ

https://ekarmachari.com/?p=28243

 

प्रकाशित :२०७९ कार्तिक १५, मंगलवार १२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry