दिगो विकासको लक्ष्यको प्राप्तीमा जवाफदेहीता संयन्त्रको प्रयोग

परिचय
पृथ्वीले धान्न सक्ने गरी यस ग्रहवासीहरुको जीवनमा समृद्धि हासिल र शान्ति कायमका लागि विश्व समुदायले साझेदारीमा के के कार्य गर्ने ? भनी प्रतिबद्धता जनाएको साझा खाका हो । दिगो विकासलाई सिर्जना, वितरण र दिगोपना हासिल गर्ने संग जोडिएको विश्वव्यापी साझेदारीको कार्यसूची पनि भनिन्छ । प्रमुखत यसका लक्ष्य पृथ्वी, मानव, समृद्धि, शान्ति र साझेदारी जस्ता विषयवस्तुमा केन्द्रित छन् ।
सन् २०१५ मा संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रबाट अनुमोदन भई सन् २०३० सम्ममा हासिल गर्ने गरी विश्वव्यापी रुपमा जारी गरिएको दिगो विकास लक्ष्यका कार्यसूची अन्तर्गत १७ वटा लक्ष्य, १६९ परिमाणात्मक गन्तव्य र २३२ वटा सूचक रहेका छन् । दिगो विकास छुट्टै पृथक अवधारणा होइन, यो त कुनै पनि मुलुकले आर्थिक, सामाजिक विकास र वातावरण संरक्षण एकिकृत रुपमा कसरी अगाडी बढाउन सकिन्छरु सो सम्बन्धमा अपनाउने समग्र र एकीकृत अवधारणा हो । दिगो विकासका लक्ष्यहरु यी रहेका छन् :
१ गरिबीको अन्त्य गर्ने
२ भोकमरीको अन्त्य गर्ने
३ स्वस्थ र समुन्नत समाज
४ गुणस्तरीय शिक्षा
५ लैगिक समानता
६ स्वच्छ पानी र सरसफाइ
७ स्वच्छ उर्जामा सहज पहुच
८ मर्यादित रोजगार तथा आर्थिक वृद्धि
९ उधोग पूर्वाधार नविन सिर्जना
१० असमानता न्यूनीकरण
११ दिगो शहर र समुदायहरु
१२ जिम्मेवार पूर्ण उपभोग तथा उत्पादन
१३ जलवायु परिवर्तन र तत्काल पहल थाल्ने
१४ जलमुनिको जैविक विविधताको संरक्षण
१५ जमिन माथिको जैविक विविधताको संरक्षण
१६ शान्ति, न्याय र सशक्त निकाय
१७ लक्ष्य प्राप्तीको लागि साझेदारी

Advertisement 1

जवाफदेहीताको अर्थ 
कुनै काम किन गरिदैछ रु कामसंग सम्बन्धित बैधानिक सूचना के के हुन रु सो कार्यको प्रमाण हरु के के हुन रु ती सम्बन्धमा लाभान्वित वा प्रभावित पक्षलाई माग बमोजिम वा स्वतस् यथेष्ट र यथार्थ तथा चित्तबुझ्दो जवाफ दिने प्रक्रिया हो जवाफदेहिता । खासगरी सार्वजनिक निकायले सार्वजनिक कोषको प्राप्ती, प्रयोग तथा प्रचलन गराउदा जवाफदेहीताको प्रसंग संगसंगै आउछ, किनकी त्यहा पारदर्शिता, सुशासन र सहभागिताको कुरा पनि जोडिएको हुन्छ ।
शासन प्रक्रियामा राज्यले आफ्ना संयन्त्र मार्फत जिम्मेवारी सम्पादन गरिरहदा त्यसको प्रक्रिया, प्रभावका सम्बन्धमा आम नागरिकले राखेका चासो विषयलाई लिएर जवाफ दिने, सुसुचित गर्ने कार्य नै राज्यको जवाफदेहीता हो । प्राय: आम नागरिकहरुले आफूलाई कानुनत: प्राप्त अधिकारलाई प्रयोग गरी राज्यलाई जवाफदेही बनाइरहेका हुन्छन् । अझ प्रष्ट भन्नुपर्दा जवाफदेहीता भनेको निश्चित कार्य गर्नका लागि प्रष्टसंग तोकिएका कर्तव्य, जिम्मेवारी र कार्यसम्पादनका मानकहरुबाट विमुख हुन नदिन बारम्बार घच्घच्याउने प्रणाली हो ।

जवाफदेहीता प्रबद्र्धनका संयन्त्रहरु :
सन् २०३० सम्मका लागि तोकिएका दिगो विकासका एजेन्डाहरु पुरा गर्नका लागि सबै सदस्य राष्टहरुले अन्तराष्टिय मञ्चलसमक्ष प्रतिबद्धता जनाएका छन् । कानुनसम्मत स्थापित र सञ्चालित निकायका गतिविधीमा निगरानी र खबरदायी गर्नु आवश्यक हुन्छ । जवाफदेहीता प्रबद्र्धनमा अन्तराष्ट्यि समुदायहरु पनी अभियन्ताको रुपमा सक्रिय छन्, जस्तै, TAP Network, World Vision International, Accounting Report, Addis Ababa Action Agenda(AAA), UNDP, VNR Report,आदि संस्थाहरुले अन्तराष्टिय तथा क्षेत्रीय रुपमा वार्षिक प्रतिवेदन तयारी गर्दछन् । जवाफदेहीता प्रबद्र्धनको लागि कस्तो संयन्त्र फिट हुन्छ रु कुनै देशको सामाजिक सांस्कृतिक अवस्था र शासन प्रणालीले प्रभाव पार्दछ । यहा माथि उल्लेखीत प्रतिवेदन अध्ययन पश्चायत प्रचलित संयन्त्रहरु संक्षिप्त चर्चा गरिएको छ ।

Advertisement 2

सरकारी संयन्त्र :
यो मुख्य संयन्त्र हो । यस अन्तर्गत विभिन्न राजनैतिक तथा प्रशासनिक निकाय जस्तै मन्त्रालय, विभाग, कार्यालय, स्थानीय निकायहरु आदि पर्दछन् । यिनिहरुले नीति तथा कानून कार्यान्वयन गर्न दण्डात्मक तथा प्रोत्साहनमुलक कार्यक्रम अगाडी सारेका हुन्छन् । एजेन्डा २०३० को कार्यक्रमको आवधिक, मासिक तथा अर्धवार्षिक कार्यान्वयन पश्चातको प्रतिवेदन राजनैतिक संस्था संसदमा पेश र छलफल हुन्छ । सामाजिक लाभ, श्रोतको उचित र विवेकपूर्ण व्यवस्थापन प्रक्रिया, अन्तराष्ट्यि कानून तथा प्रतिबद्धता कार्यान्वयन, जनतासामु गरेका प्रतिबद्धता आदि कुरालाई छलफलमा ध्यान दिइन्छ । यस क्रममा भएका त्रुटी तथा ग्याप पुन सच्चाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई (कर्मचारी तन्त्र) नीति निर्माण कर्ताले नै निर्देशन दिन सक्ने प्रावधान हुन्छ ।

औपचारिक संयन्त्र :
जवाफदेहीता प्रवद्र्धनको सन्दर्भमा अध्ययन अनुसन्धान गर्ने विभिन्न क्षेत्रीय तथा अन्तराष्टिय संगठनहरुले प्रकाशित गरेका प्रतिवेदनका सुझाव, निष्कर्षहरु सदस्य राष्टहरुको लागि अनुकरणीय बन्ने गर्छ । नागरिक समाज तथा संगठकहरुले दिगो विकासका लक्ष्य प्राप्तीका लागि कार्यक्रम कार्यान्वयको अवस्था बुझ्न लाभान्वित समुदाय समक्ष प्रत्यक्ष भेटघाट, लिखित सुझाव संकलन, लक्षित समूह छलफल, सार्वजनिक संवाद आह्वान आदि संचालन गरी सुझाव संकलन गर्दछन् । आम नागरिकका लागि कानुनी सचेतना, अभियान तथा कानूनी शिक्षाका कार्यक्रमले पनि सामाजिक आर्थिक विभेद विरुद्ध सचेतना गराउने र आफ्नो कर्तव्य र अधिकार विषयमा सम्बन्धित निकायलाई जवाफदेही बनाइरहेका हुन्छ ।

Advertisement 3

ओभरसाइट एजेन्सीहरुसंगको सहकार्य :
दिगो विकासका अधिकांश लक्ष्य प्राप्त गर्न गरिने क्रियाकलाप मानव समुदायको समृद्धि, सामाजिक शान्ति कायम गर्न र यसको दिगोपना कसरी गर्न सकिन्छ रु भन्ने तिर लक्षित छन् । एजेन्डा २०३० को कार्यान्वयनको लागि स्थापित निकायहरुको कार्यसम्पादनमा जवाफदेहीता ल्याउन विभिन्न ओभरसाइट एजेन्सीहरुले पनि काम गरेका हुन्छन् । जस्तै, मानव अधिकारको वकालत गर्ने संस्थाहरु, सूचनाको हक अधिकार कार्यान्वयन गराउने अभियन्ताहरु, सार्वजनिक कोषको प्रचलन प्रचलित मापदण्ड र सिद्धान्त बमोजिम भए नभएको हेर्ने सरकारी एजेन्सी, वातावरण संरक्षणमा कार्य गर्ने स्वतन्त्र निकायहरु, सामाजिक उत्तरदायित्वका सम्बन्धमा वकालत गर्ने, महिला बालबालिका तथा सामाजिक रुपमा जोखिममा परेका वर्ग समुदायको हक अधिकार सम्बन्धमा कार्य गर्ने संस्थाहरु निगरानी गरेका हुन्छन् । यी एजेन्सीहरुले कार्यक्रममा भएको प्रगति, प्रभाव, श्रोतको मात्रा, कार्यान्वयको अवस्था सम्बन्धमा सूचनाको हक मार्फत चासो राख्ने, सूचना माग गर्ने, प्रमाणहरु संकलन गर्ने गर्न सक्छन् । यिनै सूचनाहरु मार्फत सरकारलाई खबरदारी वा सर्पोट गर्छन र जवाफदेही बनाउन मद्दत गर्छन ।

अनौपचारिक तरिका :
TAP Network, Forus international, UNDESa, AAA Foundation, UN agreement  जस्ता संस्थाहरुले दिगो विकासका लक्ष्यहरुको प्राप्तीका लागि योजना कार्यान्वयन प्रक्रिया, लाभान्वित समुदायको अवस्था, संलग्न संस्था, कानूनी संयन्त्रको, कार्यान्वयनमा देखिएको विश्व्यापी चुनौती, स्थानीयकरणमा देखिन सक्ने समस्या बारेमा अन्तराष्टिय रुपमा प्रतिवेदन तयार पारी सुसुचित गरेका हुन्छन् । ती प्रकाशित प्रतिवेदनका तथ्य, सूचना, प्रगति, कार्यान्वयनको अवस्था आदिका बारेमा स्वतन्त्र, तटस्थ रुपमा टि।भी।, छापा, मिडिया, रेडियोले सूचना प्रकाशन र प्रसारण गर्दछन् । दिगो विकास र यसका क्रियाकलापसंग सरोकार राख्ने पक्ष र लक्षित समुदाय (नीति निर्माण कर्ता, सर्वसाधारण, निजी क्षेत्र, विशेष लक्षित समुदाय) समक्ष SDG  का क्रियाकलापले समुदायमा पारेको सकारात्मक नकारात्मक प्रभावलाई प्रसारण गर्दछन् । यस कार्यले पनि जवाफदेहीता प्रवद्र्धनमा सघाउ पुग्दछ ।

निष्कर्ष
दिगो विकासको लक्ष्य, सन् २०३० सम्ममा संयुक्त राष्ट संघमा आबद्ध मुलुकहरुले कसरी पृथ्वीलाई बढी भार नपारी साझा रुपमा शान्ति, समृद्धि मार्फत मानव कल्याण गर्न सकिन्छ भनेर बनाइएको कार्यसूची हो । यो विकासको एकिकृत अवधारणा भएकोले लक्ष्य प्राप्तीको लागि यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न हुने संयन्त्रले राष्ट्यि तथा अन्तराष्ट्यि समुदाय समक्ष गरेको प्रतिबद्धता अनुरुप कार्य गर्नुपर्दछ । यो नै जवाफदेहीता हो । जवाफदेहीता प्रवद्र्धन गर्ने संयन्त्र कस्तो हुने भन्नेमा निश्चितता छैन । तर ती निकाय तथा संयन्त्रको कार्यसम्पादन चाही जवाफदेहीपूर्ण हुनुपर्दछ । जवाफदेहीपूर्ण तरिकाले कार्य गरे नगरेको सम्बन्धमा नागरिक समाजका बहुरुपी स्वरुपहरुले विभिन्न तरिकाले खबरदारी गरेका हुन्छन् । सन् २०३० सम्म दिगो विकासका लक्ष्यको प्राप्तीमा साझा धारणालाई दिगो रुपमा अगाडी बढाउन पनि जवाफदेहीता र यसका संयन्त्रहरुलाई निरन्तर खबरदारी गर्नु अति आवश्यक हुन्छ ।

लेखक पञ्चपुरी नगरपालिका सुर्खेतमा प्रशासन अधिकृतको रुपमा स्थानीय सेवामा कार्यरत हुनुहुन्छ

प्रकाशित :२०७९ भाद्र ३०, बिहीबार ०७:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry