सामान्यले खटाएको प्रमुख प्रशासकीयको हातमा जब पालिकाले ‘हाजिर गराउन नसक्ने’ पत्र थमाइदियो..
केशर कार्की
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासनले एक जना अधिकृतलाई एउटा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटायो । सामान्यले पत्र बोकेर सम्बन्धित पालिकामा हाजिर गर्न पुगेका ती अधिकृतलाई सो पालिकाले हाजिर गराउन नसक्ने पत्र थमाएर फर्काइदिएको छ ।
सामान्य प्रशासन मन्त्रालयले एउटा प्रमुख प्रशासकीय अधिकृत खटाउने बताएर अर्कैलाई पठाइदिएको भन्दै एउटा स्थानीय तहले केन्द्रले खटाएको कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाइदिएको छ ।
Advertisement 2
यसरी केन्द्रले पठाएको प्रमुख प्रशासकीयलाई हाजिरै गर्न नदिई फिर्ता पठाउने पालिका हो म्याग्दीको मङ्गला गाउँपालिका । सो पालिकाको प्रमुख प्रशासकीय मनोहर ढुङ्गाना सरुवा भएर अन्यत्र पुगेपछि रिक्त रहेको ठाउँमा सामान्य प्रशासनले खटाएको थियो चुर्णबहादुर कार्की । कार्कीलाई हाजिर गराउन नसक्ने पत्र थमाइदिएपछि उनी फिर्ता हुने भएका छन् ।
गत शुक्रबार बाबियाचौरस्थित कार्यालय पुगेका उनको हातमा पालिकाले हाजिर गराउन नसक्ने पत्र थमाइदिएको हो । यस अघि कार्की बागलुङको काठेखोला गाउँपालिकाका प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । अघिल्लो साता कार्कीलाई मन्त्रालयले मङ्गलामा सरुवा गरेर पठाएको थियो ।
अहिले पालिका निमित्त हाकिम अर्थात सूचना अधिकारी राजेन्द्र आचार्यलाई चलाइरहेकाछन् ।