यी हुन सहसचिवमा बढुवा सिफारिस भएका चार कर्मचारीहरु

कृषि सेवाका चार उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको बैठकले कृषि सेवाका चार उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।
Advertisement 1
सचिवालयको गत मंगलबार बसेको बैठकले कार्यक्षमताका आधारमा हुने बढुवाका लागि नेपाल कृषि सेवा,बालीविकास र बागवानी समूहबाट उनीहरुको बढुवा सिफारिस गरिएको जनाएको छ । यसरी बढुवा भएका कर्मचारीहरुमा बढुवा सिफारिस भएकाहरुमा राजेन्द्र कोइराला र वासुदेव रेग्मी छन् ।
यस्तै बुधबारको बैठकले अरु दुई कर्मचारीलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । बाली संरक्षण समूहबाट मेघनाथ तिमल्सेना र एगृ इको मार्केटिङ एण्ड स्टाटिस्टिक समूहबाट महेन्द्रनाथ पौडेल बढुवा सिफारिस भएका हुन ।
प्रकाशित :२०७८ मंसिर २३, बिहीबार १४:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%